काठमाडौं, ज्येष्ठ १४ ।
पत्रकार एमपी सुब्बाद्वारा निर्देशित दोश्रो म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । राजेश पायल राई र ममता राईले गाएको ‘फूलै राखी हातैमा विन्ति बिसौकि…’ बोलको गीत छायांकन भएको हो ।
गीतको मर्मअनुसार यस गीतको भिडियोमा रुकमान र निशालाई अभिनय गरेका छन् । लोकगीत भएपनि भिडियोमा निशा र रुकमानलाई आधुनिक परिवेशमा पनि देख्न सकिनेछ । यस गीतको भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले छायाँकन गरेका छन् ।
यो ममताको दोस्रो एल्बम ‘ममता–२’ मा समावेश छ । ‘ममता–२’ आउँदो शनिबार रिलिज गर्ने तयारीमा गायिका जुटेकी छन् । एल्बमसँगै ‘फूलै राखी हातैमा विन्ति बिसौकि’ भिडियो पनि रिलिज हुनेछ । गत महिना सार्वजनिक भएको एमपी सुब्बा निर्दे्शित ‘ए साइला‘.’ पछिल्लो समय सर्वाधिक चर्चामा रहेको छ । उनी एक पछि अर्को म्युजिक भिडियोमा यतिवेला ब्यस्त देखिन्छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।