उनन्तीस हजार किलोमिटर सडक निर्माण - Naya Online

उनन्तीस हजार किलोमिटर सडक निर्माण

काठमाडौँ, १४ जेठ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २९ हजार १५७ किमी सडक निर्माण भएकोे छ ।
चालु आव २०७३/७४ को फागुन मसान्तसम्ममा कालोपत्र सडक १२ हजार ३०५ किमी, खण्डास्मित छ हजार ८६५ र कच्ची नौ हजार ९८७ किमी निर्माण भएको अर्थ मन्त्रालयले आज जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
स्थानीयस्तरमा सञ्चालन गरिने ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार आयोजना, ग्रामीण पहुँच कार्यक्रम, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम र ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमबाट समेत सडक निर्माण भएको छ ।
स्थानीयस्तरमा सञ्चालन गरिएका विभिन्न पूर्वाधार विकास तथा कृषि सडकअन्तर्गतका जिल्ला सडक मुख्य सञ्जाल, सहरी सडक सञ्जाल र गाउँस्तरीय सडक सञ्जालका कालोपत्र, ग्राबेल र धुले/कच्ची सडक गरी प्रदेश नं १ मा ११ हजार ८३७, प्रदेश नं २ मा पाँच हजार ६९८, प्रदेश नं ३ मा १४ हजार ८४२, प्रदेश नं ४ मा १० हजार ९१९, प्रदेश नं ५ मा आठ हजार ५५१, प्रदेश नं ६ मा दुई हजार ५२७ र प्रदेश नं ७ मा तीन हजार ६२६ किमी सडक निर्माण भएको छ ।
यसरी सातवटै प्रदेशमा सञ्जालतर्फ २५ हजार ७२८, सहरी सडकतर्फ ३६८, गाउँस्तरीय सडकतर्फ ३१ हजार ९०४ किमी सडक निर्माण सम्पन्न भएको सर्वेक्षणमा देखाइएको छ ।
हिमाली क्षेत्रमा आठ हजार १४८, पहाडी क्षेत्रमा ३१ हजार ९८८ र तराई क्षेत्रमा १७ हजार ८६४ किमी सडक निर्माण भएको छ । फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको सङ्ख्या २६ लाख दुई हजार ९८६ पुगेको छ । गत आवको यही समयको तुलनामा ७८ प्रतिशत सवारीसाधन दर्तामा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...