एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहित हजारौं कार्यकर्ता फोरम नेपालमा प्रवेश - Naya Online

एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहित हजारौं कार्यकर्ता फोरम नेपालमा प्रवेश

 विरगञ्ज १४, जेष्ठ । संघीय समाजवादी फोरम नेपालमा विरगञ्जका चर्चित नेतासहित हजारौं कार्यकर्ता प्रवेश गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व निर्वाचित सांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा एमाले कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । केन्द्रीय सदस्य गिरी र पूर्वसांसद चौहानले यही जेष्ठ १० गते एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका थिए । विरगञ्जको नगरसभा गृहमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । एमालेका चर्चित नेता दिनेश कलवार, एमाले निकट विद्यार्थी संगठन अनेस्ववियुका नेता सुजित गिरी, ठाकुर राम बहुमुखि क्याम्पसका नेता आजादले पार्टी सदस्यता लिएका छन् ।

विरगञ्जबाट प्रकाशित हुने लोकटाइम्स दैनिकका प्रधान सम्पादक पवन तिवारी पनि फोरम नेपालमा प्रवेश गरेका छन् । कांग्रेस, एमाले र माओवादीका प्रभावशाली नेताहरुसँगै पर्साको सदरमुकाम विरगञ्ज र गाउँगाउँबाट आएका हजारौंको संख्यामा कार्यकर्ताहरु फोरम नेपालसँग जोडिएका छन् । पर्सा जिल्लामा एकपछि अर्को गर्दै प्रमुख तीन दलसहित अन्य पार्टीहरु परित्याग गरी प्रभावशाली नेताहरुको आगमनले फोरम नेपाल निकै नै बलियो बनेको छ ।

स्थानीय चुनावको मिति घोषणा अघिदेखि नै पर्सा लगयात मधेशको अधिकांश जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरी प्रभावशाली नेताहरुका फोरम नेपाल प्रवेश गर्ने श्रृंखला जारी छ । संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश समारोहमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सांसद लालबाबु राउत, महासचिव रणध्वज कङ्दङवा, केन्द्रीय सदस्यहरु मोहनलाल चौधरी, विरेन्द्र यादव, हरि नारायण रौनियार र पप्पु तिवारी लगायतका नेताहरुको उपस्थिति थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र...

प्यारडाईमको १७ औ अभिभावक दिवसमा रमाए विधार्थी

काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध...

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको...

ललितपुर विशालचोकको वेरीजोन एक्टिङ स्टुडियो ‘तुम्बीबाजे’ मय

ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२...