काठमाडौँ, १४ जेठ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा ५४ देशका दुई सय ३० देशका पाहुना सहभागी हुने भएका छन् ।
जुन १ (जेठ १८ देखि २१) ४ सम्म काठमाडौँमा आयोजना हुने मार्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनुभयो ।
मार्टमा छिमेकीमूलुक भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, कोरिया, बेलायत, अमेरिका, दक्षिण अमेरिकालगायत मुलुकका पर्यटनसँग सम्बन्धित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । त्यस्तै ब्लगर, क्रेता, बिक्रेताको पनि सहभागिता हुनेछ । मार्टमा आउने पाहुना अधिकांश नेपाल आइसकेको र उनीहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्केका छन् ।
सोल्टी होटलमा आयोजना हुने मार्टमा ९३ जना ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रख्यात वक्ताको सहभागिता रहने जनाइएको छ । भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई मार्टमार्फत विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
नेपालमा अन्तराष्ट्रियस्तरको पर्यटन ‘इभेन्ट’ पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोसेढङ्गा हुने पर्यटन विज्ञहरुले आशा गरेका छन् ।
हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको ‘प्रोडक्ट’ लाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्नेछ । नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानाएको छ । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।