आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ– प्रम - Naya Online

आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ– प्रम

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्र्नेे बताउनुभएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडौँ– तराई– मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को आज बाराको निजगढमा शिलान्यास गर्दै उहाँले भन्नुभयो– “आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ ”।

हाम्रा मन, भावना र सम्बन्ध नयाँ उचाइमा जाने मार्गमा कसैले छेक्न र चँुडाउन नसक्ने गरी प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले दु्रत मार्गले काठमाडाँै र तराईबीचको गहिरो सम्बन्धलाई हरहिसाबले बलियो बनाउने छ भन्नुभयो ।

मधेस, पहाड र हिमाललाई जोड्ने सन्दर्भमा आफूले अहोरात्र खटेर मधेस केन्द्रित दललाई संविधानको स्वीकार्यतातर्फ लैजाने र राष्ट्रिय एकतालाई मजबुत पार्ने दिशामा केही न केही उपलब्धि हासिल गरेको गौरव प्राप्त भएको बताउँदै प्रधानमन्त्री दाहाल्ले आफ्नो जिम्मेवारीबाट अलग हुँदासमेत नयाँ आत्मविश्वास र एकता पैदा भएको महसुस भएको उल्लेख गर्नुभयो ।

बहुचर्चित र बहुप्रतीक्षारत दु्रतमार्गको निर्माणका लागि राष्ट्रिय अठोट र राष्ट्रिय सङ्कल्पको खाँचो रहेको बताउँदै प्रधामन्त्री दाहालले भन्नुभयो – “यो मार्गले समय र दूरीका हिसाबले निकै तीव्र गतिमा राजधानी र मधेसलाई जोड्ने काम त गर्ने नै छ, त्यसभन्दा ठूलो काम तराई, पहाड र हिमालको मन र भावनालाई जोड्ने ऐतिहासिक काम गर्ने छ, यस अर्थमा फास्ट ट्र्याकको दूरगामी महत्व छ ।”

दु्रत मार्ग निर्माण सेनाका लागि गौरव र चुनौती हो, यो निर्माणमा गल्ती भयो भने सेनाको पृष्ठभूमि, इतिहास र गौरवमा दाग लाग्ने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो– “समय सीमाभित्रै गुणस्तरीय निर्माण भयो भने सेनाले नेपाली जनताको आँखामा नबिझाउने गौरव पाउने छ, यो काम सकेपछि सरकारले विशेष सम्मान र पुरस्कार प्रदान गर्ने छ ”।

अहिलेको परिवर्तित सन्दर्भमा पनि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधिनताका साथै विकास निर्माणका क्षेत्रमा दिइएको जिम्मेवारी पनि समयमै पूरा गर्ने भरपर्दाे सङ्गठनका रुपमा नेपाली सेना रहेको जनाउँदै उहाँले भन्नुभयो– “मैले सु्रक्षा निकाय मूलतः नेपाली सेना र अरुलाई पनि आफ्नातर्फबाट केही न केही गुन लगाउनुपर्छ भन्ने कुरा सुरुदेखि नै लाग्दथ्यो ।”

आफूले सरकारको नेतृत्व सम्हालेपछि राजनीतिक क्षेत्रमा देखिएका बिमतिलाई सहमतिमा ल्याउने, संविधानको स्वीकार्यता बढाउने र आर्थिक विकासलाई गति दिने सङ्कल्प गरेकामा निकै अप्ठेरो र चुनौतिका बीचमा पनि राष्ट्रिय एकता र समृद्धिको पक्षमा देखिने गरी योगदान पु¥याएर गौरव र सन्तुष्टिका नयाँ जिम्मेवारीमा जाने अठोट गरेको उहाँले स्पष्ट गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले दु्रत मार्गको निर्माणले मधेसलाई काठमाडौँसँग छोटो र सुरक्षित सडक सञ्जालमा जोड्ने चाहना पूरा हुने भएकाले नेपाली सेनाले तोकिएको जिम्मेवारी समय सीमाभित्रै पूरा गर्ने विश्वास दिलाउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर मनोविज्ञान र राजनीतिक महत्वका रुपमा रहेको दु्रत मार्ग हिमाल, पहाड र तराईलाई जोड्ने नमुना सडकको रुपमा रहने छ भन्नुभयो ।

उच्च सम्मान भएको महसुस

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पु¥याएको योगदानको कदर र व्यावसायिकताको उच्च सम्मान भएको महसुस गरेको बताउनुभयो ।

द्रुत मार्ग निर्माणको सन्दर्भमा नेपाली सेनाले गठन गरेको अधिकारसम्पन्न निर्देशक समितिका संयोजक एवम् बलाध्यक्षरथी पूर्णचन्द्र थापाले राजधानी प्रवेश गर्ने यातायातको चापलाई दृष्टिगत गरी वैकल्पिक राजमार्गका रुपमा अघि बढाइएको राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग निर्माणलाई नेपाली सेनाले गौरव र चुनौती का रुपमा लिएको बताउनुभयो ।

नेपाली सेनाको द्रुत मार्ग निर्माण आयोजना प्रमुखको जिम्मेवारीमा रहनुभएका उपरथी योगेन्द्र खाँणले ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल, मकवानपुरको इपा–पञ्चकन्या, छतीवन बाराको रतनपरी हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिने ७६.२ किमी दूरीको द्रुत मार्ग निर्माणले इन्धनमा बचत, ढुवानीमा सहजता र सवारी साधनको आयु बढाउनाका साथै देशको समग्र आर्थिक विकासमा ठूलो योगदान पु¥याउने छ भन्नुभयो ।

भविष्यमा भारत र चीनलाई जोडेर पारवाहन मार्गका रुपमा विकसित हुने द्र्रुत मार्गको महत्वलाई बारामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलले अझ उजागर गर्ने छ । सेनाले उक्त राजमार्ग १० स्थानमा विभाजन गरी काम गर्ने जनाइएको छ ।

चार लेनको उक्त द्रुत मार्गको कुल लागत रु एक खर्ब १२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको उक्त आयोजना चार वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । उक्त सडक ललितपुरमा आठ, काठमाडौँमा चार, मकवानपुरमा ५६ र बारा जिल्लामा आठ किमी रहने छ । उनान्सय पुल र डेढ किमीको दुईमुखे सुरुङ हुने सो राजमार्ग पार गर्न एक घन्टा समय लाग्ने छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...