किरात राईको उभौली पर्व सम्पन्न - Naya Online

किरात राईको उभौली पर्व सम्पन्न

भोजपुर, १४ जेठ । किरात राई समुदायको महान् पर्व उभौली साकेला/साकेन्वा पर्व शनिबारबाट यहाँ सम्पन्न भएको छ ।

पर्वको अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टुँडिखेललगायत विभिन्न साकेवा थानमा साकेला सिली नाचिएको किरात राई यायोक्खाका अध्यक्ष पाविहाङ राईले बताउनुभयो ।

चण्डी पूर्णिमादेखि सुरु हुने यो पर्व १५ दिनसम्म पितृ तथा भूमिको पूजाआजा गरी मनाउने प्रचलन रहिआएको छ ।

किरातीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकिसकेपश्चात् बाली भित्र्याउँदै मङ्सिरे पूर्णिमामा उधौली मनाउने गरेका छन् ।

परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । उभौलीमा विशेष गरेर बालीनालीमा रोग नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस्, पारुहाङ र सुम्निमाले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरुन् भन्ने कामनासहित मनाइने अध्यक्ष राईको भनाइ छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...