भिखारी ठानेर गलहत्याइएकाले लाखौं रुपैयाँ निकालेपछि चकित - Naya Online

भिखारी ठानेर गलहत्याइएकाले लाखौं रुपैयाँ निकालेपछि चकित

एजेन्सी । निकै पुरानो भनाई छ, ‘लुगाले कसैको औकात नाप्न सक्दैनँ’ । यो भनाई साँच्चै नै वास्तविक हो । केही समय अघि थाइल्याण्डमा एउटा यस्तो घटना घटित भएको छ, जसले यो वाक्य चरितार्थ गर्छ । एक व्यक्तिको लवाई देखेर शो रुमका मानिसहरुले उनलाई गलहत्याएका थिए । तर जब उनले आफ्नो पाकेटबाट लाखौं रकम निकाले तब देख्ने मानिसहरु जिल परे ।

सोसल साइट्मा यी व्यक्तिको कहानी निकै चर्चित भइरहेको छ । यद्यपी, उनीबारे धेरै जानकारी उपलब्ध छैन ।

थाइल्याण्डको पत्रिका, सनुकका अनुसार यी व्यक्ति थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित ‘Maxsingburibike’ नामक शोरुममा फाटेको लुगा लगाएर पुगेका थिए । सुरुमा उनले शोरुमलाई बाहिर बाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे ।

तर जब उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे तब त्यहाँ उपस्थित सबैजना हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् ।

आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा बताए ।

कुराकानीको १० मिनेटपश्चात् मालिकले उनलाई हार्ले डेविडसन देखाए र त्यसको मूल्य ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ) । बाइक छनोट गरेपछि ती व्यक्तिले तुरुन्त १७ लाख रुपैयाँ निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।

यी व्यक्ति अचानक स्टोरका सेलिब्रिटी बने । मानिसहरुले उनलाई उनको नयाँ बाइकसँग तस्बिर खिचेर फेसबुकमा हाल्न थाले ।

सनुकले दाबी गरे अनुसार उक्त व्यक्तिका बहिनीले फेसबुकमा कमेन्ट लेख्दै उनीबारे जानकारी दिएकी छिन् । बहिनीलाई उद्धृत गर्दै सनुक बताउँछ, ‘उनी वास्तवमा धनी व्यक्ति होइनन् । उनी जति साधारण रुपमा शोरुममा प्रस्तुत भएका थिए, वास्तवमा उनको पहिचान त्यही नै हो । उनी एक मेहनती व्यक्ति हुन् जसले केही समयअघि मेकानिकको जागिरबाट अवकास पाए । उनको एउटै सपना थियो हार्ले डेविडसन किन्ने । वर्षौंसम्म जम्मा गरेको पैसाले उनले आफ्नो सपना किनेका हुन् ।’

केही समयपश्चात् उनी उक्त स्टोरमा बाइकलाई कस्टमाइजेसन गर्नका लागि पुनः शोरुम गएका छन् । बाइक किन्दा उनले आफ्नो पहिरनमा ध्यान दिएका थिएनन् भने यसपटक उनी शोरुममा बाइकरजस्तो भएर प्रवेश गरेका थिए, एक मुस्कान र मज्जाको चश्मासहित ।

संसारले तपाईंलाई जस्तोसुकै देखेपछि आफ्नो सपनालाई साकार तुल्याउन कहिल्यै अबेर हुँदैन भन्ने कुराको उनी ज्वलन्त उदाहरण हुन् ।-गोर्खालीखबरबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...