मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा - Naya Online

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

डडेल्धुरा, १४ जेठ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।
मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा बढीजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा मतदाता स्वयंसेवकबाट नै मतदाता शिक्षा सिकिरहेका स्वयंसेवकहरूको भनाइ रहेको छ ।
मतदान गर्नु धर्म भएकाले मत बदर नजाओस् भन्नका लागि मतदान गर्ने तरिकाका बारेमा जानकारी लिइरहेको डडेल्धुरा अमरगढी–७ ऐरी गाउँकी १०० वर्षीया मनु ऐरले बताउनुभयो । सोही गाउँकी ७० वर्ष पार गरिसक्नुभएकी धनादेवी ऐरी मतदान गर्नका लागि खुसी हुँदै मतदाता स्वयंसेवकबाट मतदान गर्ने तरिकाका बारेमा छलफल गर्ने गरेको बताउनुहुन्छ ।
गाउँमा वृद्धवृद्धा एकठाउँमा भेला भएर मतदाता स्वंमसेवकबाट मतदान प्रक्रियाका बारेमा सिक्ने गरेका छन् । ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ६० वर्षभन्दा माथिका १२ हजार ४२४ वृद्धवृद्धा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ । चुनाव नजिकिँदै जाँदा यहाँका मतदात पनि मतदानका लागि हौसिएका छन् । यहाँका राजनीतिक दलहरू पनि घरदैलो अभियानमा व्यस्त रहेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...