मिर्गौला पीडित सुक गुरुङ उपचार सहयोगार्थ पौने ५५ लाख संकलन - Naya Online

मिर्गौला पीडित सुक गुरुङ उपचार सहयोगार्थ पौने ५५ लाख संकलन


हुम तमु
पोखरा, १३ जेठ
मिर्गौला पीडित गीतकार/संगीतकार सुकबहादुर गुरुङ उपचार सहयोगार्थ गठित समितिले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी संकलित रहयोग र खर्च सार्वजनिक गरेको छ ।
मिर्गौला पीडित गुरुङको शुभेच्छुक शुभचिन्तकहरुको २०७३ साल फागुन ८ गते सम्पन्न भेलाले सफल व्यवसायी तथा समाजसेवी जगन गुरुङको संयोजकत्वमा उपचार सहयोग समिति गठन गरी उपचारका लागि सहयोग अभियानबाट ५४ लाख ७८ हजार ८८७ रुपैया सहयोग प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सहयोग संकलनका लागि देश विदेशमा अभियानहरु शुरु गरिएको थियो भने पोखरामा चैत्र २३ गते पोखरा सभागृहमा उपचार सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
मिर्गौला प्रत्यारोपणसहित उपचारका लागि करिब २० लाख रुपैया खर्चको अनुमानसहित सहयोग संकलन अभियानमा साँस्कृतिक कार्यक्रमसहित हालसम्म १ लाख ७० हजार १११ रुपैया खर्च भई बैंक खातामा ५३ लाख ८ हजार ७७६ रुपैया जम्मा रहेको संयोजक जगन गुरुङले जानकारी दिनुभयो । संयोजक गुरुङले भन्नुभयो, सहयोग आउने क्रम अझै जारी छ र सुक गुरुङ मिर्गौला प्रत्यारोपणका लागि पनि आवाश्यक तयारी भई रहेको बताउनुभयो । मिर्गौला प्रत्यारोपण नेपालमै गरिने तयारी भइरहेको बताउनुहुदै उहाँले उपचार सहयोगको अभियन्ताहरु, सहयोगीहरु, कलाकार संगीतकार, पत्रकार, संघसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
मिर्गौला पीडित सुकबहादुर गुरुङले विश्वभरबाट प्राप्त सहयोगले दंग छु भन्नुहुदै छिट्टै नै आफ्नो शुभेच्छुक, शुभचिन्तक, सहयोगीहरुलाइृ ५ वटा गीत बजारमा ल्याउनु उद्घोष गर्नुभयो । ३ वटा नयाँ र २ वटा पुराना गीतलाई नयाँपन दिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले स्रष्टा गीतकार÷संगीतकार सुक गुरुङको उपचारका लागि पोखराबाट उदाहरणीय महाअभियान गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्रष्टाहरुको लागि संगीत नाट्य प्रतिष्ठान सर्वोच्च निकाय भए पनि उपचारकोषको अभावले चाहेर पनि पीडित स्रष्टाहरुलाई सहयोग गर्न नपाएको बताउनभयो । नेताहरुलाई थोरै केही भए लाखौं करोडौं राज्यबाट खर्चेर विदेशमा उपचार गरिन्छ तर पीडित स्रष्टाले सहयोग नपाउनु दुखद हो, उहाँको भनाई थियो ।
सहयोग समितिका संयोजक जगन गुरुङको अध्यक्षतामा भएको आयव्यय सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा सल्लाहकार चिजकाजी गुरुङ स्वागत र सचिव भुपाल गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा चैत्र २३ गते आयोजित विविध साँस्कृतिक कार्यक्रममा गीत संगीत प्रस्तुत गरेर सहयोग गर्ने कलाकार, संगीतकारहरुलाई सम्मानपत्रद्धारा प्रमुख अतिथि श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
सुक गुरुङको उपचारका लागि पोखरा लगायत स्वदेशका विभिन्न स्थानबाट र विदेशमा युके, हङकङ, अमेरिका, क्यानडा, जापान, अष्ट्रेलिया, युएई, नेदरल्याण्ड, मकाउ, बेल्जियम लगायतका देशहरुबाट विभिन्न संघ संस्था तथा अभियन्ताहरुको पहलमा सहयोग प्राप्त भएको समितिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...