मिर्गौला पीडित सुक गुरुङ उपचार सहयोगार्थ पौने ५५ लाख संकलन - Naya Online

मिर्गौला पीडित सुक गुरुङ उपचार सहयोगार्थ पौने ५५ लाख संकलन


हुम तमु
पोखरा, १३ जेठ
मिर्गौला पीडित गीतकार/संगीतकार सुकबहादुर गुरुङ उपचार सहयोगार्थ गठित समितिले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी संकलित रहयोग र खर्च सार्वजनिक गरेको छ ।
मिर्गौला पीडित गुरुङको शुभेच्छुक शुभचिन्तकहरुको २०७३ साल फागुन ८ गते सम्पन्न भेलाले सफल व्यवसायी तथा समाजसेवी जगन गुरुङको संयोजकत्वमा उपचार सहयोग समिति गठन गरी उपचारका लागि सहयोग अभियानबाट ५४ लाख ७८ हजार ८८७ रुपैया सहयोग प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सहयोग संकलनका लागि देश विदेशमा अभियानहरु शुरु गरिएको थियो भने पोखरामा चैत्र २३ गते पोखरा सभागृहमा उपचार सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
मिर्गौला प्रत्यारोपणसहित उपचारका लागि करिब २० लाख रुपैया खर्चको अनुमानसहित सहयोग संकलन अभियानमा साँस्कृतिक कार्यक्रमसहित हालसम्म १ लाख ७० हजार १११ रुपैया खर्च भई बैंक खातामा ५३ लाख ८ हजार ७७६ रुपैया जम्मा रहेको संयोजक जगन गुरुङले जानकारी दिनुभयो । संयोजक गुरुङले भन्नुभयो, सहयोग आउने क्रम अझै जारी छ र सुक गुरुङ मिर्गौला प्रत्यारोपणका लागि पनि आवाश्यक तयारी भई रहेको बताउनुभयो । मिर्गौला प्रत्यारोपण नेपालमै गरिने तयारी भइरहेको बताउनुहुदै उहाँले उपचार सहयोगको अभियन्ताहरु, सहयोगीहरु, कलाकार संगीतकार, पत्रकार, संघसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
मिर्गौला पीडित सुकबहादुर गुरुङले विश्वभरबाट प्राप्त सहयोगले दंग छु भन्नुहुदै छिट्टै नै आफ्नो शुभेच्छुक, शुभचिन्तक, सहयोगीहरुलाइृ ५ वटा गीत बजारमा ल्याउनु उद्घोष गर्नुभयो । ३ वटा नयाँ र २ वटा पुराना गीतलाई नयाँपन दिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले स्रष्टा गीतकार÷संगीतकार सुक गुरुङको उपचारका लागि पोखराबाट उदाहरणीय महाअभियान गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्रष्टाहरुको लागि संगीत नाट्य प्रतिष्ठान सर्वोच्च निकाय भए पनि उपचारकोषको अभावले चाहेर पनि पीडित स्रष्टाहरुलाई सहयोग गर्न नपाएको बताउनभयो । नेताहरुलाई थोरै केही भए लाखौं करोडौं राज्यबाट खर्चेर विदेशमा उपचार गरिन्छ तर पीडित स्रष्टाले सहयोग नपाउनु दुखद हो, उहाँको भनाई थियो ।
सहयोग समितिका संयोजक जगन गुरुङको अध्यक्षतामा भएको आयव्यय सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा सल्लाहकार चिजकाजी गुरुङ स्वागत र सचिव भुपाल गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा चैत्र २३ गते आयोजित विविध साँस्कृतिक कार्यक्रममा गीत संगीत प्रस्तुत गरेर सहयोग गर्ने कलाकार, संगीतकारहरुलाई सम्मानपत्रद्धारा प्रमुख अतिथि श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
सुक गुरुङको उपचारका लागि पोखरा लगायत स्वदेशका विभिन्न स्थानबाट र विदेशमा युके, हङकङ, अमेरिका, क्यानडा, जापान, अष्ट्रेलिया, युएई, नेदरल्याण्ड, मकाउ, बेल्जियम लगायतका देशहरुबाट विभिन्न संघ संस्था तथा अभियन्ताहरुको पहलमा सहयोग प्राप्त भएको समितिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...