लुक्लामा विमान दुर्घटना, चालकको मृत्यु, दुईको अवस्था गम्भीर - Naya Online

लुक्लामा विमान दुर्घटना, चालकको मृत्यु, दुईको अवस्था गम्भीर

सोलुखुम्बु, १३ जेठ । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

केही बेरअघि विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो ।

घाइते विमान चालकको मृत्यु, दुईको अवस्था गम्भीर

सोलुखुम्बु, १३ जेठ । आज दिउँसो सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल नजिक भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका विमान चालक पारसकुमार राईको मृत्यु भएको छ ।

विमानबाट उद्धार गरी लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचारका क्रममा विमानका क्याप्टेन राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भीर रहेको छ । उनीहरुको लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ ।

मौसम खराबीका कारण उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान नसकिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

गोमा एयरको नाइन एन एक के वाई कलसाइन भएको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोक्किएर पाखामा खसेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...