अराोहरण गुरुकुल मतदाता शिक्षा बाँढ्दै - Naya Online

अराोहरण गुरुकुल मतदाता शिक्षा बाँढ्दै

दमक, १३ जेठ ।

झापाको दमकमा शनिबार मतदाता शिक्षा बारे काठमाडौंस्थित नाट्य संस्था आरोहण गुरुकुलले मतदाता शिक्षाका लागि नाटक प्रस्तुत गरेको छ ।
गुरुकुलले मतदाता शिक्षाका लागि यसअघि नै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङका विभिन्न ९९ स्थानमा मतदाता शिक्षा बारेको नाटक प्रस्तुत गरेको गुरुकुलका दिपेश भण्डारीले जानकारी दिनुभयो ।
निर्वाचन, मतदाता शिक्षा, मतदाता परिचयपत्र, मतदान, मतपत्र पट्याउने तरिका बारे सिकाउन झापाको दमकमा अन्तिम र १००औं शो नाटक प्रदर्शन गरिएको भण्डारीको भनाइ छ ।
रङ्गमञ्चमा स्थापित स्थापित कलाकार प्रदीपकुमार चौधरी, विकास पराजुली, अशोक गौतम, अस्विना कर्ण, भरत कार्की, राजेश ठाकुर, गीता कोइराला लगायतले नाटकमा अभिनय गर्नुभएको छ । त्यस्तै नाटकमा अंकिता विश्वास, रबिन चिमरिया र मोहन खड्काले अभियनय गर्नुभएको छ ।
जेठ ३१ गते गाउँका मुखिया बमबहादुर कार्कीको छोरोको बिहे गर्नलाई मुखिया र मुखिनीले सबै जोरजाम गरेर जन खोज्दा कतै नपाएको र बेहुलीतर्फबाट पनि जेठ ३१ गते दुलहीले निर्वाचनमा भोट हाल्न पाइनँ भने बिहे नगर्ने बरु आत्महत्या गर्ने धम्की दिएपछि जेठ ३१ गतेको बिहेलाई असार २ गते गर्ने निधोसहित नाटकमा मतदाता शिक्षा बोर जानकारी दिइएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...