बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला - Naya Online

बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

काठमाडौँ, १३ जेठ ।

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ ।
अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले सो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने चिन्तन रहेको बताउनुभयो ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै उहाँले पार्टीभित्र देखिएका विभिन्न गुटले गर्दा बिपीको समाजवाद ओझेलमा परेको बताउनुभयो ।
महामन्त्री कोइरालाले चुनावमा मधेसी जनताको भावनालाई समेटेर उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिँदै आन्दोलनरत विभिन्न दलका जायज मागलाई पूरा गर्न सबै दलको समन्वय हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
अर्घाखाँची सम्पर्क सदन काठमाडौँका अध्यक्ष एवम् तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवराज गौतमले पार्टीभित्रका विवादलाई शीर्ष नेतृत्वले वैज्ञानिक ढङ्गबाट समीक्षा गरी सल्टाउनुपर्ने सुझाव दिँदै गुटबन्दीको अन्त्य गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...