दमक, १३ जेठ ।
किरात राई यायोक्खा दमकले शनिबार दमकको विभिन्न स्थानहरुमा साकेला शिली प्रदर्शन गरेको छ ।
उभौली पर्वको अवसरमा यायोक्खा दमकले शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले दमकको मुख्य चौकमा साकेला शिली प्रर्दशन गरेको हो । यायोक्खा दमक नगर अध्यक्ष वासुदेव राईले दिनुभएको जानकारी अनुसार किरात राई जातिहरुको मौलिक कला, संस्कार र संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न साकेला शिली कार्यक्रम आयोजना गरिएको हो ।
दमकको बीबी मार्केट, फाईन रेष्टटुरेन्ट, गोर्खा डिर्पाटमेन्ट, चुलाचुली बोर्डिङ स्कूल, यलम्बर चौक, फाल्गुनन्द चौक लगायत स्थानहरुमा साकेला शिली प्रर्दशन गरिएको यायोक्खा दमक नगर उपाध्यक्ष धनजीत राईले जानकारी दिनुभयो । राई समुदायमा मात्र सीमित साकेला शिलीलाई सबै जाति र समुदायमा जानकारी गराउन साकेला शिलीलाई घरदैलोमा पुर्याउन अभियान सञ्चालन गरिएको यायोक्खाले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।