कार्यकर्ता भित्र्याउन उपेन्द्र यादवलाई भ्याइनभ्याई - Naya Online

कार्यकर्ता भित्र्याउन उपेन्द्र यादवलाई भ्याइनभ्याई

रौतहटमा हजारौं कार्यकर्ता ससफोमा प्रवेश

रौतहट १३, जेठ ।

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकै गर्दा संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गर्नेको लहर तीव्र बनेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार एकै दिन हजारौ नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभएको छ ।
ससफो नेपाल रौतहटले जिल्लामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजपाका केन्द्रीय सदस्य धिरेन्द्र यादवसहित सयौं सक्रिय कार्यकर्ता लाई प्रवेश गराउनभएको हो ।
एमाले पूर्व गाविस अध्यक्ष एवं चर्चित नेता रामप्रसाद यादव लगायत सयौं नेता कार्यकर्ता प्रवेश गरेका छन् । हिजो शुक्रबार मात्रै रुपन्देहीमा चर्चित नेता सहित ठूलो संख्यामा कार्यकर्ताहरु ससफो नेपालमा प्रवेश गराउनुभएको हो ।
नवप्रवेशी राजपा केन्द्रीय सदस्य यादवले अहिलेको आन्दोलनले मधेशमा प्राप्त उपलब्धि पनि गुम्ने र चुनाव जस्तो जनताको सर्वभौम अधिकारलाई कुण्ठित गर्ने हुनाले चुनावलाई उपयोग गरी मधेस र उत्पीड़ित जनताको अधिकार दिलाउन लाग्नु पर्ने बताउनुभयो ।
एमाले परित्याग गरी प्रवेश गरेका गाविस अध्यक्ष यादवले एमाले मधेस विरोधी भएको र नश्लीय चरित्र बोकेकाले एमालेले राष्ट्रिय एकता कायम राख्न नसक्ने जिकिर गर्नुभयो ।
उक्त कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, योगेन्द्र राय यादव लगायत नेताहरुको उपस्थिति थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...