एमाले ठुलो पार्टी हुने ओलीको दाबी - Naya Online

एमाले ठुलो पार्टी हुने ओलीको दाबी

काठमाडौँ, १३ जेठ ।

तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताउनुभयो । उहाँले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अव तयारी सुरु भइसकेकाले निर्वाचन नसार्न माग गर्नुभयो ।
नेता नेपालले एमालेको नेतृत्वमा सरकार हुँदा अन्य पार्टीले भन्दा बढी मुस्लिमको हित र सुरक्षाका लागि बजेट र कार्यक्रम ल्याएको बताउनुभयो ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) का काठमाडौँ जिल्ला सचिव कामरुद्दिन मियाँ, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) काभ्रेका नेता आइके लामा, नेपाली काँग्रेस उदयपुरका कार्यकर्ता नारद कार्कीलगायत हुनुहुन्छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...