बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग - Naya Online

बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग

इटहरी, १३ जेठ ।

द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नगद सहयोग प्रदान गरेको छ ।
यो सहयोगपछि सुस्त श्रवण कल्याण सङ्घमा आबद्ध ६५ विद्यार्थीले सुविधा सम्पन्न भवनमा बसेर शिक्षा लिने अवसर पाउने भएका छन् ।
धरान उपमहानगरपालिका–१६ जनपथमा लामो समयदेखि बहिरा बालबालिकाको अध्ययन र बसोवासको प्रबन्ध गर्दै आएको सङ्घलाई तीन अमेरिकी दाताले रु ५९ लाख ५० हजार सहयोग उपलब्ध गराएको विद्यालयकी प्रधानाध्यापक रेणू बुढाथोकीले जानकारी दिनुभएको छ ।
‘द’ रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेनका अध्यक्ष रबर्ट रोज र सदस्य रोज स्टेफन जोनको सक्रियतामा शिक्षा विभाग, विशेष शिक्षा परिषद्को अनुरोधमा उक्त सहयोग प्राप्त भएको बताइएको छ ।
उक्त सहयोग प्राप्त भएपछि देशका विभिन्न स्थानबाट शिक्षा र बसोवासका लागि धरानमा आएर बसोवास गर्दै आएका सुस्त श्रवण भएका बालबालिकाको अध्ययन एवम् अध्यापनका लागि १७ धुर जमिन खरिद गरेर भवन निर्माण गर्ने तयारी थालिएको छ ।
उक्त सहयोग रकमबाट विद्यार्थी बस्ने शिक्षालय भवन, कक्षा कोठालगायतका भौतिक पूर्वाधार तयार पार्ने र विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरु समेतको व्यवस्था गरी उच्च शिक्षा आर्जन गर्ने बालबालिकाको अभिलाषा पूरा गर्न प्रयत्न गरिने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिनुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...