उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन - Naya Online

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १३ जेठ ।

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २११ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँ पुल काठमाडाँैपट्टिको भागमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जिआइ, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।
विश्व वातावरण दिवसका अवसरमा वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आगामी शनिबार त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।
आजको वाग्मती सफाइका अवसरमा ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेशकुमार महर्जनलाई वाग्मती किनारमा स्वागतसहित सम्मान गरियो । यसैगरी चर्चित गायिका कोमल ओली, सीताराम कट्टेल (धुर्मुस), र अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका नव नियुक्त सदस्य सचिव ज्योतिकुमार श्रेष्ठलाई वाग्मती सफाइ महाअभियानले विशेष स्वागतसहित सम्मान ग¥यो ।
कार्यक्रमको सुरुवात समितिका नवनियुक्त सदस्य सचिव श्रेष्ठलाई सपथ गराएर सुरु भएको थियो भने समापन पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले गर्नुभएको थियो ।
सफाइमा पूर्व सचिव किशोर थापा, डा राजु अधिकारी, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।
पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७२ औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो । सफाइमा नवनिर्वाचित गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत वडा अध्यक्ष र सदस्यको पनि सहभागिता थियो ।
सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
यसैगरी रुद्रमती सफाइको १६९ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका– ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । घरदैलो अभियानमा स्वास्थ्य मन्त्री गगन थापा पनि सहभागी हुनुभएको थियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० जनाको सहभागिता थियो ।
विष्णुमती सफाइको १४२ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको विष्णुमती र महादेव खोला दोभानमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।
तिलगङ्गा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको ११९ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
यसैगरी चक्रपथ सफाइको सातौँ हप्तामा आज बसुन्धरा चोकबाट पूर्वतिर नारायणगोपाल चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत ५०० अभियानकर्मीको सक्रियता थियो ।
अर्को हप्ताको चक्रपथ सफाइ ग्रिनसिटी अस्पतालबाट पश्चिमतर्फ नयाँ बसपार्कसम्म गरिने सो अवसरमा जानकारी गराइयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...