विश्व वातावरण दिवसको अवसर पारेर साहित्यिक सम्मेलनको तयारी - Naya Online

विश्व वातावरण दिवसको अवसर पारेर साहित्यिक सम्मेलनको तयारी

जानुका राई/लन्डन ।

विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको विषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएको छ ।

“मानिसलाई प्रकृतिसँग नजिक्याउनु” Connecting people to Nature मूल नाराकासाथ यस वर्षको विश्व वातावरण दिवस भब्य रुपमा मनाउन लागेको हो । यस सम्मेलनको अवसरमा ११ वटा साहित्यिक सङ्घसंस्थाहरु आवद्ध हुदैछन् ।

विज्ञानमा होस् या साहित्यमा प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता अनिवार्यतालाई लक्षित गरेर बेलायतस्थित सबै साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए ।

सम्मेलन आगामी जून ४ तारिखमा लण्डनको चार्ल्टनमा सम्पन्न हुदैछ । सम्मेलनको सम्पूर्ण कार्य तयारी भैसकेको सम्मेलनका सह-आयोजक सुमल कुमार गुरुङले बताए ।

सम्मेलनमा बेलायतका लागि नेपाली राजादूत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यता छुट्टै रोनकता थप्नेछ भने मिस युके नेपाल २०१६ टेनिशा रानाको पनि विशेष उपस्थिति रहने छ ।

स्वस्थ्य जीवन र समृद्ध पृथ्वीका निम्ति वातावरणको स्वस्थ्यता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा मानिसको जीवनस्तर नै ओरालो लाग्दै गइरहेको छ ।

यस बर्षको विश्व वातावरण दिवस ५ जुनमा पर्दछ, जसलाई विश्वभर मनाउन संयुक्त राष्ट्रसंघको वातावरण विभागले नेतृत्वदायी भूमिका प्रदान गर्दै आइरहेको छ ।

उक्त सम्मेलनमा एनआरएन युकेको भाषा साहित्य विभाग, विश्व नेपाली साहित्य महासङ्घ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके, अन्र्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रवासी नेपाली साहित्य समाज, साहित्य संगालो डट कमको संयुक्त सहभागिता रहने छ ।

विश्वकै जल्दोबल्दो विषयमा सघन चेतनामूलक कार्यक्रम आयोजना हुनु र त्यसमा सबै साहित्यिक सङ्घसंस्थाहरू गोलबद्ध हुनु आफैमा प्रसंशनीय कार्य रहेको छ ।

यसरी ऐतिहासिक रूपमा वातावरणमा केन्द्रित रहेर साहित्य सम्मेलनको सफलताका पार्नलाई बेलायतका सम्पूर्ण सञ्चारमिडियाहरूले प्रचार प्रसारलाई तीव्र पार्दै आइरहेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आफ्ना उत्कृष्ट वातावरणमैत्री रचनाकासाथ उपस्थित हुन सबै भाषाभाषी तथा साहित्यप्रेमीमा हार्दिक अपिल समेत गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...