विश्व वातावरण दिवसको अवसर पारेर साहित्यिक सम्मेलनको तयारी - Naya Online

विश्व वातावरण दिवसको अवसर पारेर साहित्यिक सम्मेलनको तयारी

जानुका राई/लन्डन ।

विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको विषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएको छ ।

“मानिसलाई प्रकृतिसँग नजिक्याउनु” Connecting people to Nature मूल नाराकासाथ यस वर्षको विश्व वातावरण दिवस भब्य रुपमा मनाउन लागेको हो । यस सम्मेलनको अवसरमा ११ वटा साहित्यिक सङ्घसंस्थाहरु आवद्ध हुदैछन् ।

विज्ञानमा होस् या साहित्यमा प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता अनिवार्यतालाई लक्षित गरेर बेलायतस्थित सबै साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए ।

सम्मेलन आगामी जून ४ तारिखमा लण्डनको चार्ल्टनमा सम्पन्न हुदैछ । सम्मेलनको सम्पूर्ण कार्य तयारी भैसकेको सम्मेलनका सह-आयोजक सुमल कुमार गुरुङले बताए ।

सम्मेलनमा बेलायतका लागि नेपाली राजादूत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यता छुट्टै रोनकता थप्नेछ भने मिस युके नेपाल २०१६ टेनिशा रानाको पनि विशेष उपस्थिति रहने छ ।

स्वस्थ्य जीवन र समृद्ध पृथ्वीका निम्ति वातावरणको स्वस्थ्यता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा मानिसको जीवनस्तर नै ओरालो लाग्दै गइरहेको छ ।

यस बर्षको विश्व वातावरण दिवस ५ जुनमा पर्दछ, जसलाई विश्वभर मनाउन संयुक्त राष्ट्रसंघको वातावरण विभागले नेतृत्वदायी भूमिका प्रदान गर्दै आइरहेको छ ।

उक्त सम्मेलनमा एनआरएन युकेको भाषा साहित्य विभाग, विश्व नेपाली साहित्य महासङ्घ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके, अन्र्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रवासी नेपाली साहित्य समाज, साहित्य संगालो डट कमको संयुक्त सहभागिता रहने छ ।

विश्वकै जल्दोबल्दो विषयमा सघन चेतनामूलक कार्यक्रम आयोजना हुनु र त्यसमा सबै साहित्यिक सङ्घसंस्थाहरू गोलबद्ध हुनु आफैमा प्रसंशनीय कार्य रहेको छ ।

यसरी ऐतिहासिक रूपमा वातावरणमा केन्द्रित रहेर साहित्य सम्मेलनको सफलताका पार्नलाई बेलायतका सम्पूर्ण सञ्चारमिडियाहरूले प्रचार प्रसारलाई तीव्र पार्दै आइरहेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा आफ्ना उत्कृष्ट वातावरणमैत्री रचनाकासाथ उपस्थित हुन सबै भाषाभाषी तथा साहित्यप्रेमीमा हार्दिक अपिल समेत गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...