कलाकार विक्रम परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग - Naya Online

कलाकार विक्रम परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

काठमाडौँ, १२ जेठ ।

कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ ।
तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी(टिकिडस्)ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उहाँलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गर्नुभयो ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उहाँको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो । सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनाका साथै विभिन्न कला प्रदर्शन गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...