राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान - Naya Online

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

काठमाडौँ, १२ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गर्नुभएको हो ।
नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसका अवसरमा शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्र गौरव–सुशील कोइराला परणोपरान्त विभुषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई प्रदान गरिदै । तस्वीर रासस

त्यसैगरी, राष्ट्र गौरव विभूषण पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गर्नुभयो ।
त्यसैगरी, गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, अच्युत विष्टलाई पनि विभूषण प्रदान गरिएको थियो ।
सो विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्नुभयो ।
सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, समाभुख ओनसरी घर्तीमगर, मन्त्रीहरु, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्र सेवक कर्मचारीको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...