एमाले संसद् अवरुद्ध गर्न अब्बल बन्दै ! - Naya Online

एमाले संसद् अवरुद्ध गर्न अब्बल बन्दै !

काठमाडौँ, १२ जेठ ।

सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक आज चल्न सकेन् । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज बिहान ११.०० बजेका लागि तय भएको पहिलो बैठक पुनःअपराह्न १६.०० बजेका लागि तय भएको थियो । दोस्रो पटक बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्ने बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएका सन्दर्भमा स्थानीय तहको सङ्ख्या थप भएको, प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता नभएको, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिनका लागि संसदीय समिति गठनलगायतका विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
सभामुख घर्तीले प्रमुख प्रतिपक्षीले उठाएको मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आशन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभए पनि प्रतिपक्षले अस्वीकार ग¥यो ।
सभामुखले बिहीबार आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको र उहाँलाई धन्यवाद ज्ञापन गर्नसमेत संसद्को बैठक चलाउनुपर्ने संवैधानिक बाध्यता रहेको जानकारी गराउनुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले सदन चल्नुपर्ने अवस्था रहेको भन्दै आशन ग्रहण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।
सभामुखको पटकपटकको आग्रहलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आशन ग्रहण नगरेपछि शनिबार १३.०० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो । सदन खुलाउने विषयमा संसद् भवन नयाँ बानेश्वरमा नै प्रमुख दलहरुबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...