आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने - Naya Online

आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने

रत्ननगर (चितवन), १२ जेठ ।

मरेका वन्यजन्तुको अङ्ग (आखेटोपहार) जलेर आएको खरानीलाई पनि गाडिएको छ । जलेर निस्किएको खरानीसमेत बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराको परिसरमा गाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले खरानी गाडिएको र केही काठका ठुटाहरु बाँकी रहेकाले त्यसलाई पनि व्यवस्थापन गरिने जानकारी दिनुभयो । गाडिएको क्षेत्रमा एउटा संरक्षण स्मारक बनाइने अर्यालको भनाइ छ । “जलेका वन्यजन्तुका अङ्गको विवरणसहित संरक्षणमूलक स्मारक बनाइनेछ”, अर्यालले भन्नुभयो, “यो अलि पहिचान दिने खालको हुन्छ ।”
यही जेठ ८ गते सोमबार यहाँ सङ्कलित वन्यजन्तुका अङ्गहरु जलाउन सुरु गरिएको थियो । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेर सुरु भएको जलाउने कार्य तीन दिनको अन्तरालमा आज सम्पन्न भएको हो ।
सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएको दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान नष्ट गरिएको निकुञ्जका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ ।
पाँच बाघको छाला, १० वटा एक सिङ्गे गैँडाको खाग, चार कस्तुरीको बिना, एक ध्वासे चितुवाको छाला, एक हिउँचितुवाको छाला, दुई रातो हाब्रेको छाला र पाँच थान चितुवाको छाला भने भण्डारण गरेर राखिएको कँडेलले जानकारी दिनुभयो । २७ प्रजातिको ८४ थान अखेटोपहार सुरक्षित राखिएको छ ।
आखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका अनुसार साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति १८, अनुसूची २ मा सूचीकृत प्रजाति चार, अनुसूचित ३ मा सूचीकृत प्रजाति चार र अन्य प्रजाति २२ गरेर ४८ प्रजातिका अखेटोपहार नष्ट गरिएको हो । आवश्यक तापक्रमको अभावका कारण एक हजार १०० केजी हात्तीको दाह्रा भने नष्ट गरिएको छैन ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ४ गतेको निर्णयअनुसार आखेटोपहार नष्ट गरिएको हो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...