आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने - Naya Online

आखेटोपहार पुरेको ठाउँमा ‘संरक्षण स्मारक’ बनाइने

रत्ननगर (चितवन), १२ जेठ ।

मरेका वन्यजन्तुको अङ्ग (आखेटोपहार) जलेर आएको खरानीलाई पनि गाडिएको छ । जलेर निस्किएको खरानीसमेत बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराको परिसरमा गाडिएको हो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले खरानी गाडिएको र केही काठका ठुटाहरु बाँकी रहेकाले त्यसलाई पनि व्यवस्थापन गरिने जानकारी दिनुभयो । गाडिएको क्षेत्रमा एउटा संरक्षण स्मारक बनाइने अर्यालको भनाइ छ । “जलेका वन्यजन्तुका अङ्गको विवरणसहित संरक्षणमूलक स्मारक बनाइनेछ”, अर्यालले भन्नुभयो, “यो अलि पहिचान दिने खालको हुन्छ ।”
यही जेठ ८ गते सोमबार यहाँ सङ्कलित वन्यजन्तुका अङ्गहरु जलाउन सुरु गरिएको थियो । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेर सुरु भएको जलाउने कार्य तीन दिनको अन्तरालमा आज सम्पन्न भएको हो ।
सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएको दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान नष्ट गरिएको निकुञ्जका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ ।
पाँच बाघको छाला, १० वटा एक सिङ्गे गैँडाको खाग, चार कस्तुरीको बिना, एक ध्वासे चितुवाको छाला, एक हिउँचितुवाको छाला, दुई रातो हाब्रेको छाला र पाँच थान चितुवाको छाला भने भण्डारण गरेर राखिएको कँडेलले जानकारी दिनुभयो । २७ प्रजातिको ८४ थान अखेटोपहार सुरक्षित राखिएको छ ।
आखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका अनुसार साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति १८, अनुसूची २ मा सूचीकृत प्रजाति चार, अनुसूचित ३ मा सूचीकृत प्रजाति चार र अन्य प्रजाति २२ गरेर ४८ प्रजातिका अखेटोपहार नष्ट गरिएको हो । आवश्यक तापक्रमको अभावका कारण एक हजार १०० केजी हात्तीको दाह्रा भने नष्ट गरिएको छैन ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ४ गतेको निर्णयअनुसार आखेटोपहार नष्ट गरिएको हो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...