द्वन्द्वकालका यौन हिंसापीडितलाई क्षतिपूर्तिमा जोड - Naya Online

द्वन्द्वकालका यौन हिंसापीडितलाई क्षतिपूर्तिमा जोड

पोखरा, १२ जेठ । मिडिया एड्भोकेसी गु्रपद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं १३२५ र १८२० को निर्माणाधीन दोस्रो राष्ट्रिय कार्ययोजनामा द्वन्द्वकालका यौन हिंसापीडितलाई उचित क्षतिपूर्ति, पीडितहरूको पुनःस्थापना तथा सहयोगलगायतका विषय थपिनुपर्नेमा जोड दिइएको छ ।

पोखरामा विहिबार आयोजित छलफलका सहभागीले प्रस्ताव नं १३२५ र १८२० को पहिलो कार्ययोजनामा यौन हिंसापीडितका सम्बन्धमा केही उल्लेख नभएको र उक्त कार्ययोजनाले निर्देश गरेका धेरै विषय कार्यान्वयनमा आउन नसकेका कारण दोस्रो कार्ययोजनाले नसमेटिएका विषयलाई समेट्दै तिनीहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा मिडिया एड्भोकेसी गु्रप, नेपालका अध्यक्ष बबिता बस्नेतले २०११ मा पहिलो कार्ययोजना तयार भएपनि त्यसको पाँच वर्षे समयावधिमा द्वन्द्वकालीन समयका पीडितले अपेक्षित न्यायको प्रत्याभूति प्राप्त गर्न नसकेको बताउनुभयो ।

पहिलो कार्ययोजनामा द्वन्द्व रुपान्तरण तथा शान्ति निर्माण प्रक्रियाको सम्पूर्ण पक्षमा महिलाको समानुपातिक सहभागितात्मक प्रतिनिधित्वलगायतका विषयलाई समेटेको बताउँदै उहाँले पहिलो चरणमा नसमेटिएका विषयलाई दोस्रो कार्ययोजनामा समेट्ने लक्ष्यका साथ जिल्लास्तरमा छलफल तथा अन्तक्र्रिया बढाइएको बताउनुभयो ।

पोखरामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा समूहगत छलफल बनाएर सुझावहरू सङ्कलन गरिएको मिडिया एड्भोकेसी ग्रुपकी रक्षा अधिकारीले बताउनुभयो ।

समूहगत छलफलका क्रममा पहिलो चरणमा नसमेटिएको यौन हिंसाको विषय, पीडितलाई उचित क्षतिपूर्ति, पुनःस्थापना केन्द्र एवम् कोषको स्थापना हुनुपर्नेलगायतका सुझाव दिइएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...