द्वन्द्वकालका यौन हिंसापीडितलाई क्षतिपूर्तिमा जोड - Naya Online

द्वन्द्वकालका यौन हिंसापीडितलाई क्षतिपूर्तिमा जोड

पोखरा, १२ जेठ । मिडिया एड्भोकेसी गु्रपद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं १३२५ र १८२० को निर्माणाधीन दोस्रो राष्ट्रिय कार्ययोजनामा द्वन्द्वकालका यौन हिंसापीडितलाई उचित क्षतिपूर्ति, पीडितहरूको पुनःस्थापना तथा सहयोगलगायतका विषय थपिनुपर्नेमा जोड दिइएको छ ।

पोखरामा विहिबार आयोजित छलफलका सहभागीले प्रस्ताव नं १३२५ र १८२० को पहिलो कार्ययोजनामा यौन हिंसापीडितका सम्बन्धमा केही उल्लेख नभएको र उक्त कार्ययोजनाले निर्देश गरेका धेरै विषय कार्यान्वयनमा आउन नसकेका कारण दोस्रो कार्ययोजनाले नसमेटिएका विषयलाई समेट्दै तिनीहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा मिडिया एड्भोकेसी गु्रप, नेपालका अध्यक्ष बबिता बस्नेतले २०११ मा पहिलो कार्ययोजना तयार भएपनि त्यसको पाँच वर्षे समयावधिमा द्वन्द्वकालीन समयका पीडितले अपेक्षित न्यायको प्रत्याभूति प्राप्त गर्न नसकेको बताउनुभयो ।

पहिलो कार्ययोजनामा द्वन्द्व रुपान्तरण तथा शान्ति निर्माण प्रक्रियाको सम्पूर्ण पक्षमा महिलाको समानुपातिक सहभागितात्मक प्रतिनिधित्वलगायतका विषयलाई समेटेको बताउँदै उहाँले पहिलो चरणमा नसमेटिएका विषयलाई दोस्रो कार्ययोजनामा समेट्ने लक्ष्यका साथ जिल्लास्तरमा छलफल तथा अन्तक्र्रिया बढाइएको बताउनुभयो ।

पोखरामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा समूहगत छलफल बनाएर सुझावहरू सङ्कलन गरिएको मिडिया एड्भोकेसी ग्रुपकी रक्षा अधिकारीले बताउनुभयो ।

समूहगत छलफलका क्रममा पहिलो चरणमा नसमेटिएको यौन हिंसाको विषय, पीडितलाई उचित क्षतिपूर्ति, पुनःस्थापना केन्द्र एवम् कोषको स्थापना हुनुपर्नेलगायतका सुझाव दिइएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...