एक दर्जनजति संगीत गरिएका गीतहरू रेकर्ड स्टुडियोमा छिरे - Naya Online

एक दर्जनजति संगीत गरिएका गीतहरू रेकर्ड स्टुडियोमा छिरे

बिक्रम सम्बत २०३१ साल बैसाख ८ गते पिता मोतिराज राई र माता पन्चुमाया राईको कोखबाट कान्छा छोराको रुपमा जन्मिनु भएका साहित्यकार/सङ्गीतकार देबिनबाबू राईको जन्मस्थल खोटाङ हलेसी हो । हलेशी खोटाङमा जन्मे हुर्के पनि अहिले उहा बसाहा उदयपुरमा बसोबास गर्नु हुन्छ । सानै उमेरदेखि गीत सङ्गीतमा लागेर करिब आधा सय जति गीतमा सङ्गीत गरेता पनि हाल सम्म एक दर्जन जति मात्र रेकर्डको लागि स्टुडियो छिरेको बताउने राई अहिले अनलाइ साङ्गीतिक परिवार ‘प्रतिभा परिवार’ को बरिष्ठ सदस्य रहेर गीत सङ्गीतमा लागि परेका छन् । उनै सर्जक देबिनबाबू राईसँग अमर लिम्बूले गीत/सङ्गीत कै सेरोफेरोमा रहेर गरेको कुराकानी:

अहिले के मा ब्यस्त हुनु हुन्छ ?
म थोरै पुस्तकमा र धेरै संगीतमा बितिरहेको छु यतिखेर ।

गीत सङ्गीत र साहित्यतिर लाग्नु भएको कति भयो ?
पक्का पक्की त यतिखेर देखि हो भनेर सम्झना छैन । गीत संगीत त म बोल्न जान्ने भएदेखि नै हो । यो साहित्य भन्ने चाहिँ अलिक पछि जब प्रकाश कोविदका उपन्यासहरू हात पर्न थाले लगभग २०४१ सालदेखि यस्को लागि हातमा कलम अडिए ।

यो क्षेत्रमा कसरी लाग्नु भयो ? कस्को प्रेरणाले ?
संगीत र साहित्यको निम्ति मेरो मुल प्रेरणा भनेको मेरो कान्छा मामा हुनुहुन्छ । त्यस्पछिका प्रेरणा रेडियो र पुस्तक । अनि मेरा असल श्रोता मेरि आमा ।

अहिले सम्म कति गीतमा सङ्गीत र कति गीत लेखि सक्नु भो ?
खासै क्षमतानुसार खुलेर जम्न नपाएको स्थिती हो यस क्षत्रमा । म बाट गरिएका संगीतहरू लगभग आधासय जति भए पनि रेकर्ड गरिएका बहुत कम्ती छन । भन्नू पर्दा एक दर्जन जति संगीत गरिएका गीतहरू रेकर्ड स्टुडियोमा छिरे । बाँकी गीतहरू सायद निक्कै नै लेखियो ।

तपाईं प्रतिभा परिवार मा हुनुहुदो रहिछ यो कस्तो परिवार हो ? सक्षिप्तमा बताइदिनुस् न !
यो परिवार विशेष लेखक÷संगीतकार राज रोबर्ट अजनबी ज्युले बनाउनु भएको हो । यस्लाई उहाँले कलाकार र संगीतप्रेमी सर्जकहरूलाई समेटेर बनाउनु भएको छ । यो प्रतिभा परिवार मुर्त, दक्ष सर्जक र कलाकारहरूको समुहहरूको एउटा आलिसान बङ्गला भएको छ यतिखेर । अवसर नपाएका या नपाईएका मोफसल तर सम्पन्न कला साधना भएका पारख प्रतिभाहरूका संगमस्थल हो यो । भर्खरै संगीतबाट पहिलो ईतिहास बोकेर हामी अघिल्लो अध्यायदेखि अनन्ततिर बढेको छौँ । अब यस्ले नविनपनको संगीत र साहित्य युगतिर आफ्नो पहिचानलाई डोर्याएर लैजानेछ ।

प्रतिभा परिवारवाट कत्तिको आशावादी हुनुहुन्छ ?
गर्दै जाने हो, भर्दै जाने हो समग्र सर्जकहरू अत्यन्त उत्सुक र लग्नशिल छन । इन्द्रीयले भ्याईन्जेलसम्मका देखिने गन्तव्य सुखद र सम्वृद्धिमुलक छन् । सबै सर्जकहरू लोभलाग्दा र परिश्रमी हुनुको कारणले आशातित भन्दा वेसि राम्रो नतिजावोधमा विश्वस्त छु ।

यो परिवार को र तपाइको आगामी योजना के छ ?
नयाँपन परिवर्तनशिल र सम्वृद्धिमुलक सृजनाहरूमार्फत देशलाई नयाँ अनुभुती दिने हाम्रो मुल योजना हो ।

तपाईं कस्तो साहित्य र गीत लेख्न तथा कस्तो किसिम को सङ्गीत गर्न रुचाउनु हुन्छ ?
म सबै किसिमका मन पराए पनि मेरो विधा खास आख्यान हो । कवितामा मेरो दक्खल कम भए पनि लेख्न रुचाउँछु । कथाहरू त फाट्फुट खसिरहेको छ फेसबुकतिर । गीत संगीत प्रायः म लोकाधुनिक मन पराउँछु । देशभक्ती गीतलेखनमा प्राय म उत्साहित हुन्छु । प्रेमको अनुभूति भने उति लिन नपाएकोले हुन सक्छ यश प्रती कम शब्द सृजना हुन्छ।

गीत सङ्गीत र साहित्यमा सदा साथ दिने विशेष व्यक्तिहरू सम्झनु पर्दा?
म प्रथम आमालाई सम्झन्छु । उहाँ मेरो प्रथम श्रोता हुनुहुन्थ्यो । मलाई गाउन लाउनु हुन्थ्यो । यो संसार छोड्नु अघिल्लो रात उहाँले भन्नू भएको थियो, मलाई मिठा मिठा गीत गाउँदै मेरो चिहान सम्म संगै लैजाउ । गाउँदै गाउँदै मलाई नरम माटोहरूले पुर । म तेरो गीत सुन्न चाहन्छु भनेर भन्नू भएको कुराहरूले मलाई अन्तिम घडीसम्म संगीत नछोड्ने प्रतिबद्धता दिलाएकोले म उनैलाई सम्झन्छु ।

अन्त्यमा साहित्य तथा सङ्गीतप्रेमी पाठक/श्रोतालाई के सन्देश दिन चाहानु हुन्छ?
आउनुहोस एकवद्ध भएर जाउँ । साहित्य संगीत विनाको संसार कतै जाँदा जाँदै पनि अपुर्ण छ । बाँचिञ्जेल गीत बाट हाँसौ गीत बाटै रोउँ । गीत बाटै बोलौँ । यो क्षणभङ्गुर जीवन साहित्यमय छ संगीतमय छ । मिलेर जाउँ भोलिसम्म । जबसम्म हाम्रो अघि यो जीवनको रंगमञ्चमा पर्दा खस्ने छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“टिकटको तय नहुन्जेल पार्टीको प्रचार र जनताको मनोभावना बुझ्दै हिडिरहेका छौ”

विराटनगर महानगरपालिकामा चुनावको सरगर्मी शुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरूले मेयर तथा अन्य...

‘मैले बाँचेको समय र देखेका, अनुभूत गरेका चरित्रहरू नै कथा लेखनको स्रोत मान्नुपर्ला’

नयाँ भेट: दिलिप बान्तावा, कथाकार दिलिप बान्तावा, पछिल्लो समय बजार छपक्कै ढाकेको ‘ताल्चा’ कथा...

गहुँको छ्वालीमा चित्र बनाउने कोशिष गरिरहेको छु –रामकुमार तिवारी

रामकुमार तिवारी, एक कुशल आर्टिष्ट अथवा हस्तकलाकार र लेखक पनि । २०३५/११/२६ मा उदयपुरको...

नयाँ भेट: एक अर्काको अस्तित्वलाई स्वीकार गरेर सिर्जना गरिरहनु पर्छ

रोमु अधिकारी गजलकार/गीतकार वि.सं.२०३१/१२/२९ गते रामधुनीको कालिझोडामा पिता टीका प्रसाद अधिकारी र माता बिमला...

नयाँ भेट:मेरो पहिचान भन्नु नै साहित्य हो -लक्ष्मण कटुवाल गजलकार/पत्रकार

बराहक्षेत्रमा रहेर गजल लेखनमा साधना गरिरहेका छन् । उनी स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३...

जीकिर गरिएको भूगोल र कविको सन्दर्भ भने लेखनमा निकै चाखलाग्दो हुँदो रैछ -सन्तोष थेबे

नेपाली कविता, अझ पूर्वले आफ्नो प्रतिष्ठा सम्झेको कवि सन्तोष थेबे । यो बेला अमेरिकामा...

नयाँ भेट: ‘पोष्टरकविता पोष्टरको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने पहल हो’

रवि रोदन कवि/अभियान्ता, सिक्किम कवि तथा यो बेलाका लोकप्रिय ‘पोष्टरकविता’का अभियान्ता रवि रोदन ।...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

नयाँ भेट: ‘शब्दहरूको शक्ति थाहा पाउन पनि कविता लेखिनु पर्दछ’

उमेश अकिञ्चन राई, नेपाली कविताको सदाबहार नाम । राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौंमा कार्यरत...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...