काठमाडौँ, ११ जेठ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले प्रधानमन्त्रीले राजनीनामा दिएको भोलिपल्ट सरकारको नीप्रदेश र सङ्घको निर्वाचन माघ ७ गतेभित्र गर्ने प्रतिबद्धता आएकामा स्वागत
काठमाडौँ, ११ जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्रीले राजीनामा दिएको भोलिपल्ट सरकारको नीति तथा कार्यक्रम आउनु संविधान र शासकीय प्रणालीमाथिको ‘मजाक’ भएको प्रतिक्रिया दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले यस्तो व्यवहारले संविधान र प्रणालीप्रतिको आकर्षण घट्ने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन यही जेठ ३१ मा र प्रदेश र सङ्घको निर्वाचन आगामी माघ ७ गतेभित्र सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता आएकामा भने स्वागत गर्नुभयो । नेता अधिकारीले भन्नुभयो, “समयमा सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताले संविधान कार्यान्वयनका लागि स्पष्ट प्रतिबद्धता आएको रुपमा लिएका छौँ । त्यसका लागि सरकारलाई धन्यवाद छ ।” रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।