तीर्थ गएका वृद्धवृदा बेपत्ता - Naya Online

तीर्थ गएका वृद्धवृदा बेपत्ता

लहान, ११ जेठ ।

भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् ।
गत वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड्गमाया मगर, स्थानीय ७० वर्षीया मिनु गिरी र ६० वर्षीय नन्दबहादुर राणा मगर गत शुक्रबारदेखि सम्पर्कमा आएका छैनन् ।
गत शुक्रबार साँझ आफ्ना ससुराले अचानक भारतीय नम्बरको टेलिफोनबाट फोन गरी तीर्थ जाँदै गरेका बेला ‘हामीलाई केही भारतीय गुण्डाहरुले नियन्त्रणमा लिएर राखेको छ, नेपाल सरकारबाट पहल गरेर हामीहरुलाई छुटाऊँ, नत्र सुरक्षित रहन्नाँै’ भन्दै सन्देश आएका खड्गबहादुरकी बुहारी प्रेमा थापामगरले भनिन् । यति भन्दै फोन काटिएको र त्यो दिनदेखि अहिलेसम्म कुनै फोन नआएको थापामगरले बताइन् । आफ्ना ससुराले फोन गरेको कुरालाई आधार मान्ने हो भने उनीहरुको भारतीय लुटेराहरुबाट अपहरण भएको हुन सक्ने थापामगरको आशङ्का छ ।
“ससुरासहितका वृद्धवृद्धा कुन हालतमा छन् ? कहाँ छन् ? के भयो भन्ने कुराले हामीलाई सताइरहेको छ, उहाँहरुको अवस्थाबारे कुनै खबर नआउँदा परिवारका सदस्य चिन्तित बनेका छौँ,” सम्पर्कविहीन हुनुभएका सासू ससुरासहितको अवस्था पत्ता लगाई लुटेराबाट मुक्त गराइदिन सप्तरीका प्रमुख जिल्ला अधिकारी, कृष्णबहादुर कटुवालसँग आग्रह गर्न पुगेकी थापामगरले बताइन् ।
यता प्रजिअ, कटुवालले आजमात्र वृद्धवृद्धाको बारेमा आफूलाई जानकारी प्राप्त भएकाले आजै कूटनीतिक पहलका लागि गृहमन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने जानकारी दिनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...