तीर्थ गएका वृद्धवृदा बेपत्ता - Naya Online

तीर्थ गएका वृद्धवृदा बेपत्ता

लहान, ११ जेठ ।

भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् ।
गत वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड्गमाया मगर, स्थानीय ७० वर्षीया मिनु गिरी र ६० वर्षीय नन्दबहादुर राणा मगर गत शुक्रबारदेखि सम्पर्कमा आएका छैनन् ।
गत शुक्रबार साँझ आफ्ना ससुराले अचानक भारतीय नम्बरको टेलिफोनबाट फोन गरी तीर्थ जाँदै गरेका बेला ‘हामीलाई केही भारतीय गुण्डाहरुले नियन्त्रणमा लिएर राखेको छ, नेपाल सरकारबाट पहल गरेर हामीहरुलाई छुटाऊँ, नत्र सुरक्षित रहन्नाँै’ भन्दै सन्देश आएका खड्गबहादुरकी बुहारी प्रेमा थापामगरले भनिन् । यति भन्दै फोन काटिएको र त्यो दिनदेखि अहिलेसम्म कुनै फोन नआएको थापामगरले बताइन् । आफ्ना ससुराले फोन गरेको कुरालाई आधार मान्ने हो भने उनीहरुको भारतीय लुटेराहरुबाट अपहरण भएको हुन सक्ने थापामगरको आशङ्का छ ।
“ससुरासहितका वृद्धवृद्धा कुन हालतमा छन् ? कहाँ छन् ? के भयो भन्ने कुराले हामीलाई सताइरहेको छ, उहाँहरुको अवस्थाबारे कुनै खबर नआउँदा परिवारका सदस्य चिन्तित बनेका छौँ,” सम्पर्कविहीन हुनुभएका सासू ससुरासहितको अवस्था पत्ता लगाई लुटेराबाट मुक्त गराइदिन सप्तरीका प्रमुख जिल्ला अधिकारी, कृष्णबहादुर कटुवालसँग आग्रह गर्न पुगेकी थापामगरले बताइन् ।
यता प्रजिअ, कटुवालले आजमात्र वृद्धवृद्धाको बारेमा आफूलाई जानकारी प्राप्त भएकाले आजै कूटनीतिक पहलका लागि गृहमन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने जानकारी दिनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...