उपेन्द्र यादव र गच्छदारसँग महन्थ ठाकुरको प्रस्ताव: चुनाव चिन्ह दिलाउनुस्,निर्वाचनमा जान्छौं - Naya Online

उपेन्द्र यादव र गच्छदारसँग महन्थ ठाकुरको प्रस्ताव: चुनाव चिन्ह दिलाउनुस्,निर्वाचनमा जान्छौं

काठमाडौं ११, जेठ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह दिलाइदिन यादव र गच्छदारलाई प्रस्ताव गरेका छन् । ‘हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौ, अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेको स्रोतले जनाएको छ । जवाफमा यादव र गच्छदारले राजपालाई चुनाव चिन्ह दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
फोरम नेपालका अध्यक्ष यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छदार र राजपा अध्यक्ष ठाकुरबीच ठाकुर निवास सानोठिमी भक्तपुरमा बिहिबार दिउँसो चुनावमा तालमेलको विषयमा बृह्त छलफल भएको थियो ।
६ वटा मधेश केन्द्रीत दल मिलेर हालै बनेको राजपा नेपाल निर्वाचन आयोगमा दर्ता छैन । चुनाव चिन्ह पनि राजपाले पाएको छैन । पार्टी एकीकरण गर्नु अघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिन्ह, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।
छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो ।
स्थानीय तहको दोस्रो तहको चुनावमा सहकार्य गरी साझा उम्मेदबार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रुपमा लिएर मिलेर अघि बढ्न सकिने बताएका छन् । यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन ।
ठाकुरले आन्दोलनको प्रसङ्ग निकाल्दा यादव र गच्छदारले मधेशको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएका थिए

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...