उपेन्द्र यादव र गच्छदारसँग महन्थ ठाकुरको प्रस्ताव: चुनाव चिन्ह दिलाउनुस्,निर्वाचनमा जान्छौं - Naya Online

उपेन्द्र यादव र गच्छदारसँग महन्थ ठाकुरको प्रस्ताव: चुनाव चिन्ह दिलाउनुस्,निर्वाचनमा जान्छौं

काठमाडौं ११, जेठ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह दिलाइदिन यादव र गच्छदारलाई प्रस्ताव गरेका छन् । ‘हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौ, अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेको स्रोतले जनाएको छ । जवाफमा यादव र गच्छदारले राजपालाई चुनाव चिन्ह दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
फोरम नेपालका अध्यक्ष यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छदार र राजपा अध्यक्ष ठाकुरबीच ठाकुर निवास सानोठिमी भक्तपुरमा बिहिबार दिउँसो चुनावमा तालमेलको विषयमा बृह्त छलफल भएको थियो ।
६ वटा मधेश केन्द्रीत दल मिलेर हालै बनेको राजपा नेपाल निर्वाचन आयोगमा दर्ता छैन । चुनाव चिन्ह पनि राजपाले पाएको छैन । पार्टी एकीकरण गर्नु अघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिन्ह, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।
छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो ।
स्थानीय तहको दोस्रो तहको चुनावमा सहकार्य गरी साझा उम्मेदबार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रुपमा लिएर मिलेर अघि बढ्न सकिने बताएका छन् । यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन ।
ठाकुरले आन्दोलनको प्रसङ्ग निकाल्दा यादव र गच्छदारले मधेशको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएका थिए

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...