गजनी (अफगानिस्तान), १० जेठ । अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधाानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् ।
गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् ।
तराकीका अनुसार आक्रमणपछि अज्ञात सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागे भने, दश मारिएका थिए ।
यस झडपको क्रममा एक प्रहरी अधिकारी भने घाइते भएका र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।
अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस झडपको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।