जेठ/१०/बुधबार, मलेशिया
थारु नेता तथा अगुवा अर्थात थारु कल्याणकारीणी सभा कैलालीका सभापति लाहुराम चौधरी जसलाई सरकारले कैलाली टीकापुर घट्नाको दोषीको ट्याग भिडाएर जेलमा कोचिदिएका छन् ।
उनै लाहुराम जो थारु समुदायको हक र अधिकारका लागि लडिरहदा यता आफ्नो बसै सम्पति अर्थात बाबु बराजेले अर्जेका सर्वस्वह गुमाउन विबस छन् । हो लाहुरामको सम्पति यतिबेला बैंकले लिलामी गर्ने अन्तिम चरणमा पुगेको छ । कैलाली टीकापुर घटना घट्नु भन्दा केही महिना अगाडी मात्रै लाहुरामले फर्निचर व्यवसायका लागि बैंकबाट रीन लिएका थिए । त्यही समयमा थारु समुदायले आफ्नो हक र अधिकारको लडाई लडिरहेको थियो र लाहुरामले आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गर्दै थिए । आफ्नो हक र अधिकारका लागि लड्दै गर्दा २०७२ भदौ ७ गते धनगढीको टीकापुर घट्ना घटेको थियो । हो त्यही घट्नाको दोष लगाउदै निर्दोष लाहुरामलाई जेलमा कोचियो र अझै पनि उनी बन्दि जीवन विताईरहेका छन् ।
घरमा विच्चली छ । बैंकको रीन तिर्न नसकेर लिलामीको लागि दिएको भाका नजिकिदै छ । तर लाहुराम जेलमा कसले फच्र्यौट गरिदिने लाहुरामको रीन । भनिन्छ जहा ईच्छा त्यहा उपाय हो थारु समुदायको हक र अधिकारका लागि लड्ने लाहुरामको रिनको भारलाई कम गर्नकै लागि रोजगारीका लागि मलेशियामा पुगेका थारु समुदायका युवाहरु जुटेका छन् ।
केही महिना अगाडी मात्रै आर एन चौधरीको नेतृत्वमा स्थापना भएको प्रवासी थारु सेवा समाजले जेलबन्दी पिडित लाहुरामलाई १८,१९० रुपैया आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोग थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु मार्फत लाहुराम चौधरीको परिवारलाई हस्तान्तरण गरेको थारु समाजका कोषाध्यक्ष चन्द्रलाल चौधरीले जानकारी गराउनु भयो।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।