माल्कोट गोलीकाण्डमा प्रहरीको कमजोरीः प्रतिवेदन - Naya Online

माल्कोट गोलीकाण्डमा प्रहरीको कमजोरीः प्रतिवेदन

काठमाडौं, १० जेठ । कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ ।

गत वैशाख ३१ गते घटेको गोलीकाण्डबारे मानवअधिकारकर्मीले स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरी प्रशासनले संयमता अपनाउन नसकेको र अन्धाधुन्द गोली चलाइएको निष्कर्ष निकालेको हो । मतदान केन्द्रमा उपस्थित नेपाली सेनाको भूमिका अत्यन्त संयमित र जिम्मेवारीपूर्ण देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सो समूहले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा घटना अवधिभर सेना आत्मसंयमित रहेको देखिन्छ । यदि सेनाले संयमता नअपनाएको भए त्यहाँ ठूलो जनधनको क्षति हुनसक्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।

मतपेटिका बाहिर फालेर मतदान अधिकृत तथा कर्मचारी र प्रहरी सबै भागेपछि गोली लागी मरणासन्न अवस्थामा रहेका धनरुप बटाला र अन्य घाइते तथा उनका परिवारलाई सेनाले नै प्रारम्भिक हेरविचार र स्वास्थ्योपचारको व्यवस्था गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

अधिवक्ता एकराज भण्डारीको संयोजकत्वमा सहप्राध्यापक तथा अधिवक्ता डा गोपाल सिवाकोटी ‘चिन्तन’, इन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, अधिवक्ता लीलाधर मरासिनी तथा पत्रकार दिया चन्दसहित माल्कोट पुगेर गरिएको अध्ययन प्रतिवेदनमा सो केन्द्रमा उत्पन्न जाली मतदान र त्यसलाई बदर गर्नेसम्बन्धी विवाद प्रारम्भमा सामान्य नै देखिए पनि यसलाई संयमतापूर्वक वार्ता र संवादको माध्यमबाट सहजै समाधान गर्न सकिने अवस्था देखिएको उल्लेख गरिएको छ ।

अध्ययन समूहका संयोजक भण्डारीले मतदान केन्द्र वा मतपेटिका सुरक्षित गर्ने सिलसिलामा शान्ति कायम गर्नुपर्ने आवश्यकता सिर्जना भएको अवस्थामा भीड नियन्त्रणका लागि गोली चलाउन पूर्वप्रहरीबाट चेतावनी नदिइएको र हवाई फायर नगरिएको बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...