रामबहादुरको उपचारमा मोना युएईको सहयोग - Naya Online

रामबहादुरको उपचारमा मोना युएईको सहयोग

बेनी (म्याग्दी), १० जेठ । मङ्गला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका रामबहादुर पाण्डेको उपचारमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना युएई)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

घरायसी प्रयोजनका लागि रूखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका पाण्डेको उपचारका लागि सङ्कलन गरिएको रकम मङ्गलबार एक कार्यक्रमबीच मोना युएईका सचिव सुवास राम्जालीले अभियानका संयोजक बाबुराम आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

मेरुदण्डमा गम्भीर चोट लागेपछि घाइते भएका पाण्डेलाई काठमाडाँैको ट्रमा सेन्टरमा उपचार गरी हाल पोखरामा ल्याइएको छ । आर्थिक अवस्था कमजोर रहेका पाण्डेको दुवै खुट्टा चल्ने अवस्थामा नभएको र थप आर्थिक आवश्यकता रहेकाले उपचारमा सहयोग गर्न अपिलसमेत गरेका छन् । हालसम्म अभियानमा नगद कुल रु १ लाख ९४ हजार ८०४ सङ्कलन गरिएको छ ।

अभियानमा पूर्णगाउँको राष्ट्रिय जनजागृति माविका शिक्षक र विद्यार्थीले १० हजार ९९०, अमेरिकामा रहेका हिराबहादुर खत्रीले रु पाँच हजार ५०० समेत सहयोग गरेका छन् । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरु गरेको आर्थिक सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा समेत सहयोग सङ्कलन भइरहेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...