झापामा विप्लवले गर्यो घरजग्गा कब्जा - Naya Online

झापामा विप्लवले गर्यो घरजग्गा कब्जा

 जनसरकार लागू भएको जिकिर

दमक, ९ जेठ ।
देशभर स्थानीय तह निर्वाचनको दौडधुपमा राजनीतिक दलहरु लागिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले भने घरजग्गा कब्जा गर्दै जनसरकार लागू भएको जिकिर गरेको छ ।
पार्टीले धमाधम आफ्नो जनसत्ता स्थापना गर्ने र लागू गर्ने कृयाकलापमा सकृय बनेको भन्दै विप्लवका झापा जिल्ला नेता सुमनसिंह पौडेलले गौरादह साविक ८ का इलाइ मियाको घरजग्गा जालझेल गरी अरुकै नाउँमा सेस्ता दर्ता गरेको भन्दै कब्जामा लिइएको बताउनुभएको छ । झापाको जिल्ला स्तरमा र गाउँ–गाउँमा जनसरकार घोसणा गरेर जनताका मुद्दा फछर््यौट गरिरहेको भन्दै सिंहले जनसरकार झापाले जनयुद्धको बेला फैसला गरेको निर्णय अहिले पनि जायज रहेको जिकिर गर्नुभएको छ ।
झापा जिल्ला जनपरिसद प्रमुखसमेत रहेका पैडेलले उक्त घर जग्गा कब्जामा लिइएको जानकारी दिनुभएको हो । जनअदालतको फैसलालाई कार्यन्वयन गर्ने भन्दै गौरादह बजारमा २०४० मा इलाइ मियाको निधन भएको र २०४१ सालमा मियाका नक्कली श्रीमती खडा गरी मियाको घरका कामदार स्थानीय भुपुध्वज कटुवालले बेजिल्ला जग्गा रजिष्टर पास गराएका आरोप छ ।
मियाका नाबालक छोराहरुलाई गाई काटी खाएको झुटो आरोप लगाउँदै प्रहरी लगाएर पटक–पटक दुःख दिएको विप्लव पक्षले आरोप लगाएको हो । निज पीडित मिया परिवारलाई जनसरकारले न्याय दिनका निम्ति कटुवालका नाउँमा रहेको घरजग्गा कब्जा गरिएको सिंहले दावी गर्नुभएको हो । करिब ९ करोड मूल्यको जग्गा पछिल्लो चरणमा झापा क्षेत्र नम्बर ६ का सांसद् दीपक कार्कीको नेतृत्वमा विभिन्न कानुनी अडचन देखाएर त्रास देखाउँदै १२ लाख दिएर मिलाउन खोजिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...