मधेसमा ससफो नेपालको पकड बलियो बन्दै पन्ध्र सय कार्यकर्ता एकै दिन प्रवेश गराए उपेन्द्र यादवले - Naya Online

मधेसमा ससफो नेपालको पकड बलियो बन्दै पन्ध्र सय कार्यकर्ता एकै दिन प्रवेश गराए उपेन्द्र यादवले

जनकपुर ९, जेठ ।
स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि तयारी थालिँदै गर्दा संघीय समाजवादी फोरम नेपालले मधेसमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । चुनाव केन्द्रित संगठन निर्माण, परिचालन र पार्टी प्रवेश कार्यक्रममा ससफो अध्यक्ष उपेन्द्र यादव आफै मधेसमा खटिरहनुभएको छ ।
मंगलबार मात्रै अध्यक्ष यादवले मधेस समता पार्टीको सबै नेता कार्यकर्तालाई ससफो नेपाल प्रवेश गराउनुभएको हो । ससफो फोरम र मधेश समता पार्टीबीच एकीकरण घोषणा गर्दै अध्यक्ष यादवले बेचन मुखिया नेतृत्वको पार्टीसँग एकीकरण सम्पन्न भएको बताउनुभएको हो ।
धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेस समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश गरेका हुन् । मधेस समता पार्टीका तत्कालीन अध्यक्ष एवम् सांसद् मेघराज निषाद केपी ओली नेतृत्वको एमाले सरकारमा सहभागी भएपछि पार्टीको बहुमत पदाधिकारीले साधारण सदस्य समेत नरहने गरी निषादलाई निष्काशन गरेको थियो ।
स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीसँग मधेसमा उपेन्द्र यादवको बढ्दो प्रभाव र मधेसको मुद्दासँग सहमत भएर बेचन मुखिया अध्यक्ष रहेको मधेस समता पार्टी ससफो नेपालमा प्रवेश गरेको हो । धनुषाको बहुचौरा, कजरा रमौल, पुरनदाहा, धनुषाधाम, चोरा कोयलपुर लगायत विभिन्न ९ वटा गाउँका हजारौं कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।
यसैगरी, नेपाली काँग्रेस धनुषाका प्रभावशाली जिल्ला नेता तेजनारायण यादवको नेतृत्वमा सयौंको संख्यामा नेता कार्यकर्ता ससफो नेपालमा प्रवेश गरेका छन् । काँग्रेसका जिल्ला नेता निर्गुन यादव, जिल्लाका दख्खल राख्ने एमालेका नेताहरु प्रेमकुमार कापर, विजयकुमार यादव, तपेश्वर सहनी र हृदयेश महरा पनि मंगलबार ससफो नेपाल प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला नेता हरिदेव यादव र शत्रुधन यादवले पनि माओवादी परित्याग गरी ससफो नेपालको सदस्यता लिएका छन् ।
नवप्रवेशी मधेस समता पार्टी र हजारौंको संख्यामा उपस्थिति नेता कार्यकर्ताहरुलाई अध्यक्ष यादवले स्वागत गर्दै मधेस मुद्दाका लागि संघर्ष गर्न आह्वान गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...