प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट - Naya Online

प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ८ जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गर्नुभएको रिट निवेदनमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै बदर गर्न माग गरिएको छ ।

रिट निवेदनमा प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) मा काउन्सिलको अध्यक्ष बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको व्यक्तिमध्येबाट नेपाल सरकारबाट नियुक्त व्यक्ति अध्यक्ष हुने कानुनी प्रावधानलाई बेवास्ता गर्दै बराललाई सो नियुक्ति गरेको रिट निवेदनमा उल्लेख छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) (क) को योग्यता नै नपुगेका व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिताको अवज्ञा गरी नियुक्तिका लागि स्वीकृति प्रदान गरेकामा प्रेस काउन्सिलको अध्यक्ष पदमा स्वेच्छाचारी रुपमा र कानुनविपरीत मनोनित गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

यही जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले वराललाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...