तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण - Naya Online

तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण

काठमाडौँ, ९ जेठ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्नुभएको छ ।

सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पु¥याउने उद्देश्यले आफू सगरमाथा चढेको बताउनुभयो ।

फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको अनुभव सुनाउनुभयो ।

आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको जानकारी दिनुभयो । तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको आरोहण गरेर चारओटा विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पाले तामाङ समुदायबाट कान्छीमाया तामाङले सगरमाथा चढेपछि सो समुदायका अन्य महिलाका लागि पनि आरोहणका लागि बाटो खुलेको बताउनुभयो ।

युएन ओमन, नागरिक समाजका सदस्य डा गणेश गुरुङले आरोही तामाङ सगरमाथा चढ्ने भन्दै आएपछि आफूले सहयोगका लागि ‘युएन ओमन’को सम्पर्कमा लगिदिएपछि त्यसले अहिले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पहिचान नै हिमाल भएकाले त्यसको संरक्षण र संवद्र्धनमा राज्यले विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो । ‘युएन ओमन’लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा उहाँले सगरमाथा आरोहण गर्नुभएको पत्रकारसम्मेलनमा जानकारी दिइयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...