संसद् बैठक अनिश्चित बन्दै - Naya Online

संसद् बैठक अनिश्चित बन्दै

काठमाडौँ, ९ जेठ ।
लगातार स्थगन गर्दै समय तालिका फेरबदल भइरहँदा मंगलबारको व्यवस्थापिका–संसद् बैठक अनिश्चित बन्दै गएको हो ।
मंगलबार बिहान ११ बजे डाकिएको बैठक प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल गर्नुपर्ने भन्दै १ बजेका लागि सारिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बस्यो । तीन बजेका लागि संसद् बैठक सारियो ।
तर, प्रमुख दलहरुबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको हो । सचिवालयले पुनः साँझ ५ बजेका लागि बैठक सरेको जानकारी दिएको भए पनि यो समाचार तयार पार्दासम्म संसद् बैठक सुरु भएको छैन ।
संसद्मा बजेट अधिवेशन अन्तर्गत आज सरकारको नीति तथा कार्यक्रम बारे छलफल गर्ने कार्यतालिका रहेको थियो । त्यस्तै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई विशेष सम्बोधन गरेर पदबाट राजीनामा दिने तय भएको थियो ।
तर, प्रुमख दलको बैठकमा प्रतिपक्षी एमालेले सरकार परिवर्तनको खेल रोक्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई संसद्मा बोल्नै नदिनका लागि अवरोध गर्ने तयारी गरेपछि दलीय सहमति खोज्न शीर्ष नेताहरु पटक–पटक बैठक बसिरहेका छन् । बैठकमा एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति देउवालाई पदका लागि मरिहत्ते गरेको भन्दै आलोचना गरेको बताइएको छ ।
प्रचण्डको राजीनामापछि देउवा नेतृत्वमा नयाँ सरकार गठन हुने पक्कापक्की जस्तै छ । एमाले भने स्थानीय निर्वाचन सम्पन्न नभएसम्म प्रचण्ड सरकार नै रहनुपर्छ भन्ने मान्यतामा छ । तर, माओवादी केन्द्रले भने देउवा नेतृत्वको सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रचण्डले राजीनामा गर्नुपर्ने निर्णयमा अडिग छ ।
दलीय खिच्चातानीले बजेट अधिवेशन प्रभावित हुनुका साथै संविधान संशोधनको सवाल र दोस्रो चरणको निर्वाचनको सन्दर्भ ओझेलमा परेको देखिन्छ । चुनाव हुने वा नहुने भन्ने अन्योलता अरु बढेर जाने संकेत छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...

औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले

काठमाडौं -१ नम्बर प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन् । पाथीभरा बहुमुखी क्याम्पसको...