प्रधानमन्त्री क्रिकेटमा आर्मीको विजयी सुरुवात - Naya Online

प्रधानमन्त्री क्रिकेटमा आर्मीको विजयी सुरुवात

काठमाडौँ, ९ जेठ ।

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले आर्मीलाई १०४ रनको लक्ष्य दियो । पूर्वाञ्चलले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको सामान्य योगफल खडा गरेको थियो ।
त्यस्तै १०४ रनको विजय लक्ष्य पच्छाएको आर्मीले १८ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । ओपनर महेश क्षेत्री इनिङको पहिलो बलमै आउट भए पनि अनिल मण्डल र सागर पुनले १०७ रनको अविजित साझेदारी गर्दै आर्मीलाई जित दिलाए । ६३ बल खेलेका मण्डलले आठ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकीय पारी खेले भने ४८ बल खेलेका पुनले एक छक्का र ३ चौकाको मद्दतमा ४० रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलका लागि मेहबुब आलमले सर्वाधिक ३६ रनको योगदान दिए भने विधान गोस्वामीले १९ तथा अङ्कित सुुवेदीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।
पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुन एक्लैले ५ विकेट लिए भने शुशान भारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए । प्रतियोगितामा आर्मीका सागर पुन ‘म्यान अफ द म्याच’ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
भोलि नेपाल पुलिस क्लब र सुदूरपश्चिममाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...