स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले पाउने भए तालिम - Naya Online

स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले पाउने भए तालिम

काठमाडौँ, ९ जेठ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी पाठ्यक्रम विकास गरिएको छ ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीन वटा प्रदेशमा प्रशिक्षण दिइने छ त्यसपछि निर्वाचन हुन बाँकी रहेका चार प्रदेशमा पनि निर्वाचन भएपछि सो अभिमुखीकरणलाई निरन्तरता दिइने छ ।
मन्त्रालयका सहसचिव केदारनाथ शर्माले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने भएकाले योजना निर्माण, स्थानीय तहमा सङ्घको समन्वय तथा जनशक्ति, स्रोत व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने तयारी भइरहेको बताउनुभयो ।
प्रदेश नं ३ का लागि काठमाडौँ, प्रदेश नं ४ का लागि पोखरा र प्रदेश नं ६ का लागि सुर्खेतमा सो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । बन्न लागेको स्थानीय शासन ऐनले परिकल्पना गरेका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएर सशक्त रुपमा स्थानीय क्षेत्रको विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...