पूर्व छापामार गाउँपालिका प्रमुख - Naya Online

पूर्व छापामार गाउँपालिका प्रमुख

बागलुङ, ९ जेठ । बलले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने कुरा पूर्व छापामार प्रकाश घर्तीमगरले अहिले आएर प्रमाणित गर्नुपरेको छ ।

सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँलाई जनताको अभिमत स्विकार गरेर अघि बढनुपर्ने चुनौति सिर्जना भएको हो ।

घर्तीमगरले भन्नुभयो, “ विसं २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ, पछि विद्यार्थी सङ्गठनकोे जिल्ला कोषाध्यक्ष र उपाध्यक्षसमेत भएँ ।” तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्ध चर्कंदै जाँदा उहाँ २०५८ सालमा सैन्य सङ्गठनमा प्रवेश गर्नुभएको थियो । सशस्त्र सङ्घर्षका बेला प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसमेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।

पार्टी शान्ति प्रक्रियामा आएपछि उहाँको राजनीतिक जीवनमा पनि फेरबदल आयो । “सेनाबाट निस्केपछि म माओवादीको युवा सङ्गठन वाइसिएलको जिल्ला अध्यक्ष भएर काम गरेँ’ अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य छु । ” उहाँले भन्नुभयो । सशस्त्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले भने फेरिएको छ ।

शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो । विकासका योजना ल्याउने, जनताको पिरमर्कामा साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दण्डपाणि कँडेललाई दुई हजार ३९४ मतले पछि पार्दै उहाँ गाउँपालिका प्रमुखमा विजयी बन्नुभएको थियो । कुल खसेको मतमध्ये घर्तीमगरले तीन हजार ३५० र कँडेलले ९५६ मत प्राप्त गर्नुभएको थियो ।

सशस्त्र युद्धबाट समेत बढी प्रभावित उक्त गाउँपालिकाका पाँचवटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । “सशस्त्र युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौँ” – घर्तीमगरले भन्नुभयो । जनताको विश्वासलाई डगमगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने र सबै राजनीतिक दल तथा पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।

सडक सञ्जालको स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधिलगायतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरले अघि बढाउनुभएको छ ।
चुनाव प्रचारकै बेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाउनुभएका घर्तीमगरकी आमा, श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँकी श्रीमती केशरी घर्तीमगर व्यवस्थापिका– संसद् सदस्यसमेत हुनुहुन्छ । प्राकृतिक स्रोत, साधनले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने दायित्व पनि उहाँसंग छ । गाउँपालिका उपप्रमुखमा पनि नेकपा माओवादीकै दिलकुमारी रोका विजयी बन्नुभएको छ । प्रमुख, उपप्रमुखलगायत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर कामसमेत थालिसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...

कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...