स्रष्टाहरु बनभोजमा मस्त ! - Naya Online

स्रष्टाहरु बनभोजमा मस्त !

काठमाडौँ, ९ जेठ ।

नेपाल स्रष्टा समाजले आफ्नो १०औँ स्थापना दिवसका अवसरमा मातातीर्थमा विशेष साहित्यिक वनभोजको आयोजना गरेको छ ।
कार्यक्रममा नगेन्द्रराज शर्मा, चन्द्रप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, किशोर पहाडी, विधान आचार्य, चेतनाथ हरित, डा गोविन्दमानसिंह कार्की, जीवनाथ पोखरेल, देविकानन्द तिमिल्सिना, विजयध्वज थापा, लेखजङ्ग खत्री, जयदेव भट्टराई, मधु पाठक, आश्विन लम्साल र राजेन्द्र उप्रेती, पुष्पा खनाल, जानु धिताल, उषा भट्टराई, रेखा कँडेल, देवकी केसी, रश्मि रिमाल, सीता कँडेललगायतले आफ्ना रचना तथा विविध प्रस्तुति पस्किएका थिए ।
सो अवसरमा नेपाली समसामयिक साहित्यका विविध पक्षमा अन्तक्र्रिया गरिनाका साथै हास, परिहास, गीत एवम् नृत्य तथा सिर्जना सम्बन्धमा गम्भीर चिन्तनसमेत गरियो । साहित्यिक कार्यक्रमका अतिरिक्त धार्मिकस्थल मातातीर्थको दर्शन, पौडी तथा त्यहाँ वरपर रहेका प्राकृतिक र सांस्कृतिक क्षेत्रको अवलोकन भ्रमणमा समेत साहित्यकार रमाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

कोशी लेखिएको लेटरप्याड, बोर्ड नचलाउन पालिकालाई आग्रह

पाँचथर, २० चैत । पाँचथरको कुम्मायक गाउपालिकामा प्रदेश नम्बर १ को कोशी नामाङ्कन खारेज...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले

काठमाडौं -१ नम्बर प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन् । पाथीभरा बहुमुखी क्याम्पसको...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...