म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते - Naya Online

म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

लन्डन, ९ जेठ । बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले आज बिहान पुष्टि गरेको छ ।
गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली समय अनुसार मङ्गलबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भयानक आवाज सहित उक्त बम बिस्फोट भएको थियो ।
बेलायती प्रहरीले यस बिस्फोटलाई आतङ्ककारी आक्रमणको संज्ञा दिएको छ । कुनै आतङ्कबादी संगठनको मानिसले आत्मघाती बम बिस्फोट गराएको हुन सक्ने सम्भावनाप्रति अनुसन्धान भै रहेको स्थानीय सञ्चार माध्यमहरुले आशङ्का गरेका छन् ।
बम बिस्फोट पश्चात् अधिकांश युवक, युवतीहरु लगायत हजारौं दर्शकहरु अत्यन्त भयभीत भै सर्बत्र भाग दौड मच्चिएको थियो । घाइतेहरुको उपचारार्थ सयौं एम्बुलेन्स परिचालन गरिएको थियो ।
स्थानीय अधिकारीहरुले तत्कालै म्यान्चेस्टर एरिना परिसरदेखि सँधै अति ब्यस्त रहने भिक्टोरिया रेल्वे स्टेसनसम्मको क्षेत्र र बाटा, घाटाहरु पूरै नियन्त्रणमा लिएर कडा जाँच गर्दै घटनाको छानबीन र बिस्फोटनकारीको आशङ्कित समूहलाई पक्राउ गर्ने प्रयास गरेका छन् । उक्त क्षेत्रभरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
म्यान्चेस्टर एरिना परिसरको क्षमता २१ हजार जना जतिको रहे ता पनि घटना हुँदा के कति दर्शक उपस्थित थिए भन्ने प्रष्ट भै सकेको छैन । भयभीत दर्शकहरु परिसर बाहिर निस्कन भाग दौड मच्चिँदा किचाघानमा परी केही महिला तथा बालबालिकाहरु समेत घाइते समेत भएका छन् ।
घटनापश्चात् बेलायतीहरुमा आपसेआप एक अभूतपूर्व राष्ट्रिय एकताको भावना उत्पन्न भएको छ । घाइतेहरुलाई प्राथमिक उपचार गर्न होस् वा अस्पताल पु¥याउन, नगरवासीहरुमा एक अर्काप्रति गहिरो सहानुभूति जागेको छ । कतिपयले थकित, भयभीत, मानसिक रुपले त्रस्त वा साधारण चोट पटक लागेकाहरुलाई आआफ्नो घरमा बोलाई खाना पिनाले सत्कार गर्ने वा पलङ्ग, बिछ्यौना, ओढ्ने ओछ्याउने दिई सेवा पु¥याइ रहेका छन् ।
यसैबीच, म्यान्चेस्टर बम बिस्फोटको भयाबह घटनाको केही बेर मै म्यान्चेस्टर एरिना परिसरनजिक अवस्थित एक स्थानीय पार्क – क्याथेड्रल गार्डेन्समा पनि रिमोट कन्ट्रोलरको सहायताले अर्को बम बिस्फोट गराइएको म्यान्चेस्टर प्रहरीले ट्विटरमार्पmत् जानकारी गराउँदै आत्म सुरक्षाका लागि सजग र सतर्क रहन नगरवासीहरुलाई आग्रह गरेको छ ।
दक्षिणी आयरल्याण्डका बेलायत विरोधी सशस्त्र समूह – आइरिस रिपब्लिकन आर्मीले सन् १९९६ मा यसै म्यान्चेस्टर एरिना परिसरबाट केही सय मिटर टाढा रहेको म्यान्चेस्टर सिटी सेन्टरमा एक शक्तिशाली बम बिस्फोट गराउँदा सिटी सेन्टरको ठूलो क्षेत्र क्षतबिक्षत भएको थियो । रासस /सिन्ह्वा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...