प्रधानमन्त्री पदबाट राजीनामा दिँदै प्रचण्ड - Naya Online

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै प्रचण्ड

नयाँ सरकारमा अनुहार सामेल गर्न काँग्रेसी नेतादेखि गच्छदारदेखि थापासम्मको ध्याउन्न

कमन देवान
दमक, ९ जेठ ।
पार्टीभित्रैबाट सरकार छाड्न दबाव बढेपछि अहिले केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने हुनुभएको छ ।
सोमबारको माओवादी केन्द्र हेडक्वार्टर बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डलाई तुरुन्त सरकार हस्तान्तरणका लागि दबाव दिइएको थियो । प्रचण्डले मंगलबार आजको संसद् बैठकलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुने छ ।
बालुवाटार सचिवालयका अनुसार प्रचण्डले दिउँसो १ बजेको संसद् बैठकबाटै राजीनामा दिनुहुने छ । तर। जेठ १५ गतेको काम चलाउ बजेट भने उहाँकै नेतृत्वमा रहने काम चलाउ सरकारले ल्याउने छ । सोमबारदेखि संसद्मा सुरु भएको बजेट अधिवेशन अनुसार १५ गतेभित्र बजेट ल्याउने पर्ने कानुनी प्रावधानका कारण पनि कामचलाउ सरकारकै भागमो त्यति अन्तिम गतिविधि पर्ने पक्का छ ।
१० महिना अघि नै सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चेत महिनामा स्थानीय तहको निर्वाचन सकेर सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।
माओवादीभित्र अहिलेको अवस्थामा काँग्रेसलाई तत्काल सत्ता नसुम्पने हो भने राजनीतिक बेइमानी गरेको ठहर्ने र यसले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनमा गम्भीर असर पुग्ने भन्दै माओवादी शीर्ष नेताहरुले प्रचण्डलाई राजीनामाका लागि बाध्य पारेका स्रोतको दावी छ ।
आज प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने स्रोतहरुले जनाएका छन् । उता काँग्रेसभित्र भने तत्काल निर्वाचनको गुण दोषको जिम्मा लिनु भन्दा पनि प्रचण्ड नेतृत्वको सरकारले नै दोस्रो चरण निर्वाचन सम्पन्न गर्नुपर्ने र त्यसपछि मात्रै सत्ताको बागडोर जिम्मा लिनु बुद्धिमानी हुने सुझाव काँग्रेस शीर्ष नेताहरुले सभापति शेरबहादुर देउवालाई नदिएका भने होइनन् ।
तर, सत्ता नेतृत्वका लागि पानी बिनाको माछो झैं छटपटी खेपिरहेका सभापति देउवा भने आज भए आजै र भोलि भए भोलि नै प्रधानमन्त्रीका रूपमा पुनः सिंहदरबार र बालुवाटारमा आफ्नो फोटो झुण्ड्याउन आतुर रहेको स्रोतको दावी छ ।
सत्ता नेतृत्व भन्दा पनि काँग्रेसले स्थानीय निर्वाचनमा आफूलाई अब्बल स्थापित गर्दै आगामी प्रदेश र संघीय संसद्को निर्वाचनमा छलाङ्ग मार्नुपर्ने काँग्रेसी मध्यममार्गी नेताहरुको आग्रहलाई सुने नसुने झैं गर्दै देउवाले भने सरकारको नेतृत्व बाहेक अरु देख्न र सुन्नै नचाहेको स्रोतको भनाइ छ ।
वर्तमान अवस्थामा प्रचण्ड नेतृत्वकै सरकारले दोस्रो चरणको निर्वाचन गराए आफूहरुलाई फाइदा पुग्ने आँकलन प्रतिपक्षी दल एमालेको छ । एमालेले पटक–पटक प्रचण्डलाई तत्कालै राजीनामा नदिने सुझाउँदै आएको छ । नैतिक रूपले मधेसी दलहरुको मागलाई सम्बोधन गर्दै संविधान संशोधन गराउन नसकेर प्रचण्ड आलोचित बन्नु परेको अवस्थालाई पनि सदुपयोग गर्ने एमालेको दाऊ छ । त्यसो गर्दा मधेसमा आफ्नो गुमेको साख बचाउन थोरै भए पनि मद्दत पुग्ने ठहर एमालेको रहेको पार्टी निकट स्रोतले जनाएको छ ।
विभिन्न राजनीतिक आँकलनबीच प्रचण्ड सरकार ढल्ने पक्कापक्की भएपछि विशेषतः काँग्रेसभित्र नयाँ मन्त्रिमण्डलमा आफ्नो अनुहार कसरी अँटाउन सकिन्छ भन्ने बारे व्यापक कसरत सुरु भएको बताइन्छ । त्यस्तै नयाँ सरकारमा आफ्नो सिट सुरक्षित गर्न विजय गच्छदार जस्ता सत्ताका प्ले मेकरहरुलाई पनि निद हराम भइसकेको स्रोतको दावी छ । नयाँ सरकारमा मरिहत्ते गर्ने भन्दा पनि माओवादी केन्द्रमा भने पार्टीको खुम्चँदो आकारलाई कसरी फुकाउने ? भन्ने विषयमा बढी नै चिन्ता र वहस केन्द्रित भएको स्रोत बताउँछ ।
कँग्रेस नेतृत्वको सरकारमा आफ्नो उपस्थिति कसरी बलियो बनाउने ? भन्ने चिन्ताले सत्ताका अर्का खेलाडी कमल थापालाई पनि निक्कै पिरोलेको बताइएको छ । राप्रपाबाट प्रयाजसो मन्त्री भइरहने दीपक बोहरा, विक्रम पाण्डे, सुनिल थापा लगायतका नेताहरुले नयाँ बन्ने सरकारमा आफूहरुको स्थान कहाँनेर भनेर खोजी गर्न राजनीतिक पहलकदमी थालेको स्रोतको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...