ससफो नेपाल जुट्यो पार्टी समायोजन र चुनावी अभियानमा - Naya Online

ससफो नेपाल जुट्यो पार्टी समायोजन र चुनावी अभियानमा

दमक, ८ जेठ ।
संघीय समाजवादी फोरम नेपाल झापाले पार्टी समायोजन र निर्वाचन तयारी कार्यलाई तीव्र गतिमा अघि बढाएको छ ।
सोमबार ससफो झापा अन्तर्गत दमक र मेची नगर समिति समायोजन कार्य सम्पन्न भएको पार्टीले जनाएको हो ।  स्थानीय तहको नयाँ संरचना अनुसार भूगोल र हालै समाजवादी फोरम र संघीय लिम्बुवान पार्टीबीच भएको एकतालाई आत्मसाथ गर्दै समायोजन कार्य अघि बढेको बताइएको छ ।
झापाको मेची नगर समायोजनबाट नगर अध्यक्षमा ओमप्रकाश खापुङको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन भएको ससफो झापाका अध्यक्ष धिरेन लावतीले जानकारी दिनुभयो ।
याकथुङ चुम्लुङ सामुदायिक भवन मेचीनगरमा सम्पन्न समायोजन भेलामा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङ, केन्द्रीय सदस्य भक्त खेवाङ, लिम्बुवान प्रदेश सचिव केदार धिमाल, कोषाध्यक्ष केवलराम राई, जिल्ला अध्यक्ष लावती लगायतले बोल्नुभएको थियो ।
भेलाले मेची नगरस्तरीय चुनाव परिचालन समिति समेत गठन गरेको छ । ससफो झापाका सदस्य दिलिप आङ्देम्बेले दिएको जानकारी अनुसार पार्टीको लिम्बुवान प्रदेश समिति सदस्य फुङ्वा बोखिमको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा केवलराम राई, कालिबहादुर लिम्बू, दिलिप आङ्देम्बे, जगत विक लगायत छन् । बुधबार बस्ने अर्को बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार तय गर्ने बताइएको छ ।

ससफो दमक नगरमा बासुदेव

यस्तै सोमबार नै सम्पन्न पार्टी समायोजन भेलाले बासुदेव राईको अध्यक्षतामा ३७ सदस्यीय दमक नगर समिति गठन गरेको हो ।
नगर समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः गंगाप्रसाद दुलाल, हरिप्रसाद राई, आशिष सुब्बा, रञ्जु लिम्बू र अन्य सदस्य रहेका छन् । भेलाले आसन्न स्थानीय तह निर्वाचनलाई सफल पार्न कमन देवानको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको हो । समितिका सह–संयोजकमा अशोक घिमिरे क्षेत्री, सदस्यहरु पञ्चमाया लिम्बू, आशिष लिम्बू, सञ्जोग तामाङ, सुरेश लावती, दिलबहादुर कुरुम्बाङ, रञ्जु लिम्बू र मञ्जिता कुमाल रहेका छन् ।
समायोजन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु विश्वदीप लिङ्देन, प्रेमदीप लिङ्देन, वैकल्पिक केन्द्रीय सदस्यहरु देउकुमार नेम्बाङ र गजेन्द्र लावती, लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवान, प्रदेश सदस्यहरु सुरेश लावती, सहारा थेबे, कुमार राई, जिल्ला सचिव सुशील राई लगायतले पार्टी आन्दोलन र निर्वाचनका सम्बन्धमा बोल्नुभएको थियो ।
दमक नगरपालिकामा चुनावी तयारीका बारेमा मंगलबार नयाँ शक्ति नेपालसँग संयुक्त बैठक बसेर उम्मेद्वारहरुको अन्तिम टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...