एराप्रपा(राष्ट्रवादी)मा पदाधिकारी मनोनयन - Naya Online

एराप्रपा(राष्ट्रवादी)मा पदाधिकारी मनोनयन

काठमाडौँ, ८ जेठ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आज आठ पदाधिकारीको मनोनयन गरेको छ ।
पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले उपाध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, तारानाथ लुइँटेल, ऋषिबाबु परियार, वृजलाल यादव र मीनबहादुर कुँवरलाई मनोनयन गरेको छ ।
महामन्त्रीमा श्यामप्रसाद तिमल्सिना र भरतजङ्ग उप्रेती तथा सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदीलाई जिम्मेवारी दिइसकिएको छ । यसअघि वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचनलाई मनोनयन गरिएको थियो । बैठकले पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको चुनाव हुने क्षेत्रमा सशक्त राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको सहप्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...