कामपाः १३ वटा वडाको मत सार्वजनिक - Naya Online

कामपाः १३ वटा वडाको मत सार्वजनिक

काठमाडौं ८ जेठ । काठमाडौं महानगरपालिकाको आज थप पाँच वटा वडाको मतपरिमाण सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएका पाँच वटा वडामा नेकपा (एमाले)ले चार र नेपाली कांँग्रेसले एक वडामा जित हासिल गरेको छ । वडा नंं ३ का वडाध्यक्षमा एमालेका दीपक केसीले तीन हजार ६२ मत प्राप्त गरेर विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँंग्रेसका विदुर कार्कीले एक हजार ५४२ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा पनि एमालेका नै विजय हुनुभएको छ । खुला सदस्यमा कृष्ण चालिसे र प्रेम थापा तथा महिला सदस्यमा सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार ५ नं वडामा नेपाली काँग्रेसका रमेश डङ्गोल एक हजार ६८० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले एक हजार ६७५ मत प्राप्त गर्नुभएको छ । अन्य सबै सदस्य काँग्रेसबाट विजयी हुनुभएको छ । खुला सदस्यमा उत्तमराज शर्मा र सुमन न्यौपाने तथा महिला सदस्यमा मीना सिंह र दलित महिला सदस्यमा कृष्णमाया नेपाली विजयी हुनुभएको छ ।

यस्तै २२ नं वडामा एमालेका चीनकाजी महर्जन एक हजार ६५७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी शालिकराम तण्डुकारले एक हजार ६४९ मत ल्याउनुभएको छ । यस्तै महिला सदस्यमा कांँग्रेसकी रस्मिला मल्ल, दलित महिलामा एमालेकी गीता परियार र खुलातर्फ काँग्रेसका अनिल हाडा र यक्षमान तुलाधर विजयी हुनुभएको छ ।

यस्तै २३ नंमा एमालेका मचाराम महर्जन एक हजार ९९८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी काँंग्रेसका लक्ष्मीनारायण मानन्धरले ८८० मत प्राप्त गर्नुभएको छ । खुला सदस्यतर्फ राप्रपाका गोपाल नापित र एमालेका ज्योति शाक्य तथा महिला सदस्यमा एमालेकी चन्द्रादेवी मानन्धर र दलित महिलामा कञ्चन नेपाली विजयी हुनुभएको छ ।

यस्तै वडा नं २४ का वडाध्यक्ष एमालेका बालकृष्ण श्रेष्ठ एक हजार ४५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदराज भण्डारीले ९१४ मत प्राप्त गर्नुभएको छ । अन्य चार खुला सदस्यमा एमालेकै विजयी हुनुभएको छ ।

खुला सदस्यमा विनोद तुलाधर र सुमन स्थापित तथा महिला सदस्यमा लक्ष्मी महर्जन विजय हुनु भएको छ । सो वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म महानगरपालिकाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...