नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्व अर्थमन्त्री - Naya Online

नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्व अर्थमन्त्री

काठमाडौँ, ८ जेठ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले निर्वाचन सम्पन्न गर्नुअघि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताअनुरुप पुराना नीति तथा कार्यक्रमका लागि भने पूरक बजेट ल्याउन सक्ने तर्क गर्नुभयो ।

पूर्व अर्थमन्त्री महतले विगतका राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनेगरी काम चलाउ बजेट ल्याउनुपर्नेमा जोड दिँदै सरकारले आगामी बजेटमा भूकम्पपछिको पुनःनिर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिंदै उहाँले निर्वाचनको मुखमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नु आचारसंहिता विपरीत हुने बताउनुभयो ।

नयाँ सरकार निर्माणका लागि पनि सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्दै पूर्व अर्थमन्त्री महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसको व्यवस्थापनको कमजोरी, पार्टीगत अन्तर्घातलगायतका कारणले सोचेअनुरुपको नतिजा आउन नसकेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले अबको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने पहिलेका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...