सरकारले पूर्ण बजेट ल्याउनु नहुने माग - Naya Online

सरकारले पूर्ण बजेट ल्याउनु नहुने माग

काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न बैठकले सरकारले लोकप्रियताका लागि पूर्ण बजेट ल्याएमा त्यसले चुनाव प्रभावित हुने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय धूमबाराहीमा बसेको बैठकले दोस्रो चरणको चुनाव गर्न बाँकी ४१ जिल्लामा जिल्लास्तरीय भेला गर्ने र उच्च मनोबलका साथ चुनावमा सहभागी हुने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकले गत वैशाख ३१ गते भएको चुनावका क्रममा कालीकोटमा सरकारका तर्फबाट मारिएका आफ्नो पार्टीका वडाध्यक्षका उम्मेदवार धनरुप बडुवाललाई सहिद घोषणा गर्न माग गरेको छ ।

स्थानीय तह निर्वाचनको समग्र समीक्षाका लागि बैठकले पार्टीका महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...