राष्ट्रपतिद्वारा मन्त्रीहरु नियुक्त - Naya Online

राष्ट्रपतिद्वारा मन्त्रीहरु नियुक्त

सोल, ७ जेठ । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाए इनले आइतबार राष्ट्रपति कार्यालयका लागि उच्चस्तरिय कर्मचारी र केही मन्त्रीहरु नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति मुनले सुरक्षा, परराष्ट्र मामिला र अर्थ मन्त्री नियुक्त गरेको घोषणा गर्नु भएको हो ।

उहाँले चुङ इउइ योङलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरी राष्ट्रपतिको कार्यालयमा रहेको राष्ट्रिय सुरक्षा कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । कूटनितिज्ञको रुपमा राम्रो अनुभव भएका व्यक्तिका रुपमा चिनिने योङ यसअघि युरी पार्टीबाट सांसद समेत हुनु भएको थियो ।

राष्ट्रपतीय निर्वाचनको बेला उहाँले मुनको कुटनीतिक नीतिका मामिलामा सल्लाहकारहरुको समूहको नेतृत्व गर्नुभएको थियो । चाङ योल्सेई विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ ।

त्यसैगरी स्थानीय दैनिक पत्रिका र केवल टेलिभिजनका पूर्वप्रमुख होङ सोकह्यानलाई उहाँले सुरक्षा र कूटनितिक मामिलाको एक विभागको प्रमुखको रुपमा नियुक्त गर्नुभएको छ । होङ अमेरिकाका लागि पूर्वराजदूत पनि हुनुहुन्छ भने उहाँसँग अमेरिकामा ठूलो सञ्जालसँग व्यक्तिगत राम्रो संवन्ध भएको मानिन्छ ।

आर्थिक क्षेत्रमा उहाँले कोरिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक चाङ हासुङलाई नीति निर्माणको क्षेत्रको प्रमुखका रुपमा नियुक्त गर्नुभएको छ । उहाँले आर्थिक नीतिहरुको निर्माणका लागि संमन्वयकारी र नेतृत्वदायी भूमिका खेल्नु हुने छ । उहाँ दक्षिण कोरियामा एकदमै चर्चित वुद्धिजीवी तथा नागरिक अगुवा हुनुहुन्छ ।

राष्ट्रपति मुनले अहिले सुरक्षा, परराष्ट्र मामिला र आर्थिक विषयलाई प्राथमिकतामा राखेर उहाँहरुलाई नियुक्त गरेको बताउनु भएको छ ।

उहाँले अजोउ विश्वविद्यालयका अध्यक्ष किम डोङ येनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गर्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

आपूm ११ वर्षको हुदा बुवालाई गुमाउनु भएका किमले लगातार आफ्नै मेहनतले सरकारी सेवाको परीक्षा पनि उत्तीर्ण गरेर सरकारी कर्मचारी संयन्त्रको अर्थतन्त्र क्षेत्रको उच्च तहमा पुग्नु भएको छ ।

राष्ट्रपति मुनले पत्रकार सम्मेलनमा किमलाई क्षमतावान अर्थशास्त्री तथा सरकारी कर्मचारी भएकाले आर्थिक क्षेत्रको नेतृत्व गर्न सक्ने विश्वास गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका पूर्व विषेश सल्लाहकार लागि काङ क्युङ हवालाई परराष्ट्र मन्त्री बाइएको छ । उहाँ दक्षिण कोरियाको संसदीय शासन व्यवस्था सुरु भएदेखिको पहिलो महिला परराष्ट्र मन्त्री हुनुहन्छ ।

उहाँले नियुक्त गरेका मध्ये सल्लाहकार तथा उच्च कर्मचारीलाई संसदीय सुनुवाई गर्नु नपर्ने व्यवस्था भएपनि मन्त्रीहरुलाई भने संसदीय सुनुवाई गरेर अनुमोदन गर्नु पर्ने व्यवस्था रहेको छ । रासस/सिन्ह्वा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...