राजदूतद्वारा विद्यालय हस्तान्तरण - Naya Online

राजदूतद्वारा विद्यालय हस्तान्तरण

रसुवा, ८ जेठ । भूकम्पपश्चात् नर्वे सरकारको आर्थिक सहयोगमा सवलीकरण गरिएको ठूलोस्याफ्रु गाउँको विद्यालय हस्तान्तरण गरिएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि रु ३६ लाख ६४ हजार ९१३ को लागतमा सवलीकरण (रेट्रोफिटिङ) गरिएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ठूलोस्याफ्रु नेपाल राष्ट्रिय निमावि भवन नेपालका लागि शाही नर्वेजियन राजदूत एचई केलेज टोर्मोड पिटर्सनले हालै जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा राजदूत पिटर्सनले ग्रामीण भेगका विद्यालय भवन निर्माणमा नर्वे सरकारले सहयोगी हात बढाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले आफू पहिला पनि ठूलोस्याफ्रु आइसकेको र यस क्षेत्रको आफूलाई सम्झना आइरहने बताउँनुभयो ।

भूकम्पबाट ठूलोस्याफ्रु विद्यालयमा क्षति हुँदा करिब ८० विद्यार्थी पठनपाठनका लागि गाउँबाट अन्यत्र जानुपरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाका अनुसार हाल त्यस विद्यालयमा ३२ बालबालिका मात्र अध्ययनरत रहेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...