युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्ती मनाइयो - Naya Online

युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ ।

प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता वाचन गर्नुभएको थियो ।

ओमवहालस्थित सिद्धिचरण चोकमा गरिएको उक्त कार्यक्रममा श्रेष्ठले लेख्नुभएको तर्पण कवितालाई गायक मनिष वियमले गीतका रुपमा गाउनुभएको थियो ।

सो अवसरमा सिने निर्देशक यादव खरेलले स्वच्छन्दवादी कवि श्रेष्ठले साहित्य सिर्जनाका माध्यमबाट मुलुकमा निरङ्कुश जहानियाँ शासनका विरुद्ध जनमत तयार गरी प्रजातान्त्रिक परिवर्तनमा सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।

युगकविका छोरा रविचरण तथा समाजसेवी सुवर्ण शाक्यले युगकवि श्रेष्ठले नेपाली र नेवारीमा सिर्जना गरेका साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

ओखलढुङ्गामा जन्मनुभएका श्रेष्ठले काठमाडौँको ओमवहाललाई कर्मथलोका रुपमा प्रयोग गर्नुभएको थियो । ओमवहालमा अवस्थित श्रेष्ठको अर्धकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि गरिएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ को दुई मुक्तक –

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ (१) स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म अधिकाशं मुन्छेहरु...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका...

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई...

तान्छोमाको माया

नरेन्द्रराज केरुङ मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या...

वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न

झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।...